Tuesday, April 16, 2024

टीकापुरमा ८५ वर्षिय महिला मृत फेला

प्रकाशित:

महेन्द्रनगर । कैलालीको टीकापुरमा एक महिला मृत अबस्थामा फेला परेकी छिन् । टिकापुर नगरपालिका-५ झन्झटपुर स्थित रानीकुलोमा सोही ठाँउ बस्ने ८५ वर्षीया धनसरा देवी शाह सोमवार दिउँसो मृत अबस्थामा फेला परेकी हुन्।

उनको मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार