Saturday, July 27, 2024

महिला सशक्तिकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर जिल्लामा वित्तीय साक्षरता,उद्यमशीलता तथा महिला सशक्तिकरण सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

संयुक्त राज्य अमेरिका दूतावास युवा परिषद्, २०२३ को सामुदायिक संलग्नता परियोजना अन्तर्गतको युवा समुहको परियोजना- “सक्षम नारी, नेपालको चिनारी” भीमदत्त नगरपालिमा सम्पन्न भएको छ् ।

नगरपालिकाका उपप्रमुख निलम लेखक जोशी को प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको थियो । USYC (United States Embassy Youth Council) अमेरिकी दूतावासको सार्वजनिक मामिला विभाग अन्तर्गतको यस परिषदमा नेपालका सबै क्षेत्रका ३० वर्ष मुनिका युवायुवतीहरूले विभिन्न पृष्ठभूमिको प्रतिनिधित्व गर्दछन् ।

यस परिषद्का सदस्यहरूले समूह गठन गर्ने र समुदायलाई अझ राम्रो सेवा प्रदान गर्ने कार्य गरिरहेको छ, र “सक्षम नारी – नेपालको चिनारी” ती मध्ये एक हो । यस परियोजना महिला सशक्तिकरण, वित्तीय साक्षरता, र उद्यमशीलतामा विशेष केन्द्रित रहेको छ जसले तलिम र कार्यशालाहरू मार्फत स्थानीय व्यवसाय र समुदायहरूलाई अगाडि बढाउन मद्दत गर्ने छ् ।

यस कार्यक्रमको आयोजकमा रोहन मकै श्रेष्ठ, आकांक्षा जोशी, जोफेन लामा, मिङ्मा डोमा शेर्पा, आशिका पोखरेल, सोफिया राणा र संस्कृति फुयाँल रहेका छन् । यी युवाहरु नेपालका विभिन्न पेशा र युवा समूहलाई प्रतिनिधित्व गर्दछन् । यस कार्यक्रमको प्रशिक्षकको रुपमा महिला उद्यमी महासंघका पूर्वअध्यक्ष, मिना रायमाझी खत्री र उद्यमी मिना फूलाराले सहकार्य गरेका थिए ।

“यस कार्यक्रमले कञ्चनपुर जिल्लाको सम्पूर्ण महिला उद्यमीहरुलाई एक अर्का सँग जोडिन र स्थानीय श्रोत साधनलाई सही सदुपयोग गरेर आत्मनिर्भर बनाउन मद्दत गर्ने छ् । महिलाहरुको कार्यक्रमप्रतिको विश्वास, लगनशीलता र सफल सहभागिताले हामी निकै हार्षित भएका छौं”, आयोजक टोलीका रोहन म. श्रेष्ठले बताए ।

आयोजक टोलीकै अर्का सदस्यले भने, “राजधानी बाट टाढा भएपनि यो नगर आफैमा एक सुन्दर नगर र अवशरहरुले भरिपूर्ण नगर हो र यसलाई हामीले उद्यमशीलताको माध्यमबाट प्रवर्दन गर्नु पर्दछ ।”

ताजा समाचार

सम्बन्धित समाचार