चरेश बोकेको ऐम्बुलेन्स  पक्राउ परेपछि 

प्रकाशित:

 महेन्द्रनगर । बझाङबाट एमबुलेन्समा ल्याउँदै गरेको २ किलो ८ सय ग्राम चरेहसहित प्रहरीले आज सोमबार दिउँसो एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–४ पुरानो यातायात कार्यालय नजिकबाट उक्त परिमाणको चरेशसहित बझाङको केदारस्युँ गाउँपालिका–३ दाप्रुका ३७ वर्षीय रामबहादुर खाती पक्राउ परेका हुन् ।

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समुह धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले सु।प।प्र।०१००१ झ ०५४२ नम्बरको रायल प्राथमिक स्वास्थ्य चौकी देउरा,बझाङको एम्बुलेन्सलाई चेकजाँच गर्दा चरेश भेटिएको प्रहरीको भनाई छ ।

प्ररीले शंका लागेर चेकजाँच गर्दा चरेश भेटिएपछि एम्बुलेन्स र एम्बुलेन्स चालक रामबहादुर खातीलाई पक्राउ गरेको बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार