Saturday, July 27, 2024

भीमदत्तमा आँखा शिविरबाट ३ सय बढी लाभान्वित

प्रकाशित:

-महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १९ मा आँखा शिविर सम्पन्न भएको छ । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल –पेसवान) को आयोजना र च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीको प्राविधिक सहयोग मा आँखा सिविर सम्पन्न भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरपालिका १९ को वडा कार्यालयमा संचालन गरिएको आँखा शिविरबाट ३ सय २३ जनाले सेवा लिएका छन् । ५५ जनाको आँखामा जटिल किसिमको समस्या देखिएपछि उनिहरुलाई शल्यक्रिया बाट आँखाको उपचार गरिने र ५५ सय बराबरको उपचार धनगढी नेत्रालय प्रालीले गरिदिने पेसवानका सदस्य दमन चन्दले जानकारी दिएका छन् ।

यस्तै ८३ जनालाई निशुल्क चश्मा पनि वितरण गरिएको छ । साथै आफनै वडामा आँखाको उपचार पाएपछि स्थानिय कमल भट्टले आफु खुशी भएको बताए ।

आँखा राम्ररी नदेखेको धेरै दिन भएको र आज आफनै वडामा आँखा चेक गराएर चश्मा पनि पाएपछि अहिल आँखा देख्ने भएको उनले बताए ।

यस्तै, आँखाको उपचार गर्नका लागी सिविरमा पुगेकी लक्ष्मी जोशीले पनि आफुले आँखा सिविरबाट उपचार पाएपछि सजिलो भएको बताईन् ।

अर्का सिताराम चौधरीले चश्मा पाएर आँखा देख्ने भएको बताए । उनले आँखा रसाउने, पानी आउँने समस्या रहेको र आज भएको सिविरबाट आँखाको उपचार पाएपछि समस्या समाधान भएको बताए ।

यस्तै, भीमदत्त नगरपालिका १९ का वडा अध्यक्ष जगुराम चौधरीले आफनो वडामा आँखाको सिविर संचालन गर्ने सबै संस्थालाई धन्यवाद व्यक्त गरे, साथै आफना वडामा जनजाती दलितहरुको बाहुल्यता रहेको र सबैले यो सिविरबाट सेवा पाएपछि खुशी भएको बताए । साथै उनले आगामी दिनहरुमा पनि यस्तै खाले अन्य स्वासथ्इ सिविरका लागी संस्थालाई आग्र समेत गरे ।

संस्थाका सदस्य दमन चन्दले निकट भविष्यमा अन्य वडा पालिकाहरुमा पनि यस्तै खाले सिविरको आयोजना गर्ने योजना रहेको जानकारी दिए ।

No description available.

No description available.

 

ताजा समाचार

सम्बन्धित समाचार