Saturday, July 27, 2024

महेन्द्रनगरमा यस्तो पनिः सेफ्टी टंकीको पानी ढलमा मिसाउन पाउनु पर्ने भन्दै आन्दोलन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ र १८ (महेन्द्रनर बजार) का केहि स्थानिय सेफ्टी टंकीको पानी ढलमा मिसाउन पाउनु पर्ने भन्दै आन्दोलनमा उत्रिएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आफ्नो घरको सेफ्टी टंकीकोे पानी ढलमा मिसाउन पाउनुपर्ने भन्दै केही स्थानियहरु शुक्रवार नगरपालिकाको कार्यालय पुगेका हुन् ।

एसियाली विकास बैंकको सहयोगमा भीमदत्त नगरपालिका स्थित महेन्द्रनगर बजारमा निर्माणाधिन ढलमा केही व्यक्तिहरुले नाली तोडेर सेफ्टी टंकीको पानी ढलमा मिसाएका थिए । नगरपालिको अहिले त्यसरी ढलमा मिसाइएका सेफ्टी टंकीका पानीका पाइप काटिरहेको छ ।

सेफ्टी टंकीको पानी सिधैँ ढलमा मिसाउदा हुनसक्ने स्वास्थ्य समस्या एवम् महामारीलाई मध्यनजर गर्दै नगरपालिको सेफ्टी टंकीको पानी ढलमा मिसाउनेहरुका पाइप काट्ने र उक्त कार्य गर्न रोक लगाइरहेको भीमदत्त नगरपालिको जनाएको छ ।

नगरपालिकाले सो कार्य गर्न नदिएपछि केही स्थानियहरु सेफ्टी टंकीको पानी ढलमा मिसाउन पाउनुपर्छ भन्दै नगरपालिका पुगेका छन् ।

‘महेन्द्रनगर बजारमा केही व्यक्तिहरुले सेफ्टी टंकीको पानी ढलमा मिसाएका थिए ।’ नगरप्रवक्ता महेन्द्र खड्काले भने, ‘नगरपालिकाले अहिले त्यसरी ढलमा मिसाइएका सेफ्टी टंकीका पाइप कााटिरहेको छ ।’ उनले अगााडी भने, ‘ढलान भइसकेको क्षेत्रमा समेत केही व्यक्तिहरुले सेप्टी ट्याङकीको पानी ढलमा मिसाएको जानकारी प्राप्त भएको छ ।

ती पाइप पनी नालीका ढक्कन निकालेर बन्द गर्ने कार्यमा समेत नगरपालिका अगाडी बढेको छ ।’ उनका अनुसार यसरी सेफ्टी टंकीको पानी ढलमा हाल्दा महामारी फैलिने कुरालाई मध्यनजर गर्दै सो कार्य गर्न नगरपालिकाले रोक लगाइरहेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार