Saturday, July 27, 2024

इन्जिनियर कुट्ने ठेकेदार पाँच हजार धरौटीमा छुटे

प्रकाशित:

महेन्द्रनगर । लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रसाद अवस्थीमाथि कुटपिट आरोपमा पक्राउ गरिएका ठेकेदार भीमसेन राना रिहा धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहार मुद्दामा रानालाई बिहीबार पाँच हजार धरौटी रिहा गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मंसिर ११ गते लालझाडी गाउँपालिका २ कञ्जस्थित सडक निर्माण निरीक्षणका क्रममा राना सहितले कुटपिट गरेपछि इन्जिनियर अवस्थीले अभद्र व्यवहारमा मुद्दा दिएका थिए । बुधबार इलाका प्रहरी कार्यालयमा इन्जिनियर अवस्थी र ठेकेदार राना सहित छलफल भएर मिलापत्र गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले रानालाई ५ हजार धरौटी लिएर तारेखमा छाडिएको बताए । उनीसंगै नरेश राना र जगदिश राना साधारण तारेखमा रिहा भएका छन ।

ठेकेदार रानाको कन्दकला कस्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले कञ्जमा गत आर्थिक वर्षमा ६० लाखमा ६ सय मिटर सडक स्तरोन्नतिको ठेक्का लिएको थियो । इन्जिनियर अवस्थीले कमसल गिट्टी प्रयोग गरिएको बसे उप्काएपछि उनी असन्तुष्ट भएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार