Saturday, July 27, 2024

भीमदत्तमा लागु औषध र्दुव्यसन न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रमहरुमा जोड दिइन्छः नगर उपप्रमुख

प्रकाशित:

महेन्द्रनगर । नगरपालिका क्षेत्र भित्र लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि जनचेतनामुलक कार्यक्रमहरुमा जोडदिने भीमदत्त नगरपालिकाकी नगर उपप्रमुख निलम लेखक जोशीले बताइन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बिहिबार भीमदत्त–७ महाकाली जनसेवा मावि हल्दुखालमा आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नगर उप प्रमुख जोशीले अहिलेका अधिकांश बालाबालिकाहरु लागू औषधमा फस्ने गरेको पाईएकोले सो समस्यालाई मध्यनजर गर्दै नगरपालिकाबाट लागू औषध न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिइने उनले बताएन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा औषध दुर्व्यसन न्यूनीकरण र लैङ्गिकतामा आधारित हिंसा सम्बन्धमा सरोकारवालाहरु बिच विद्यालय स्तरिय अभिमुखिकरण कार्यक्रम चल्दै आएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार