दार्चुला । दार्चुलामा २ लाखबढीको सुर्तीजन्य पदार्थ नष्ट गरिएको छ। दार्चुला भन्सार कार्यालयले अखाद्य बस्तुु तथा सुर्तीजन्य पदार्थ नष्ट गरेको हो।
![वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/22fd5bae-c175-49e7-8e38-cc351ae8f5e6.jpg)
विभिन्न मितिमा बरामद गरिएका खान अयोग्य मिठाइ (पेठा) र सुर्ती बिडीजन्य वस्तु बुधबार सरोकारवाला पक्षको रहोवरमा नष्ट गरिएको कार्यालय प्रमुख शिवचन्द्र प्रसादले बताए।
![](https://nigaranikhabar.com/wp-content/uploads/2022/11/harikrishna-traders-suppliers.gif)
भारतीय घोडा बिडी ७ सय १२ बण्डल, हाइक्लास ४० प्याकेट, पात भएको सुर्ती १६ किलोग्राम, पानछाप २ प्याकेट, पान मसला ५ प्याकेट, आन्टी ६० प्याकेट, ४२ पेटी पेठा लगायत गरेर २ लाख ३३ हजार बराबरको अखाद्य तथा सुर्तीजन्य पदार्थ नष्ट गरिएको उनले बताए। दार्चुलामा भारतबाट भन्सार छली ठूलो परिमाणमा बिडी तथा सुर्तिजन्य पदार्थ भित्रिदै आएको छ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NNSWA.jpg)