महेन्द्रनगर । लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थीमाथि कुटपिटमा संलग्न ठेकेदार भीम सेन राना सहित तीन जानले लिखित माफी मागेका छन् ।

बुधबार निर्माण व्यवसायी संघ कंचनपुरका सचीव सुर्य बहादुर चन्दको नेतृत्वमा निर्माणका दुई सदस्य, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, इन्जिनियर रामप्रसाद अवस्थी र नेपाल इन्जिनियर एसोसिएसनका पदाधिकारी एवं सदस्यहरुको सहभागीतामा ठेकेदार र इन्जिनियरपक्ष बिच मेलमिलाप भएको हो ।

मंगलवार निर्माण व्यवसायी संघ कंचनपुरको पहलमा सबै पक्षलाई राखेर ६ बुदे सहमति भएको थियो । ईलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा रहेका ठेकेदार रानाले इन्जिनियर, पालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय, निर्माण व्यवसायी संघका पदाधिकारीहरुको सामु माफी माग्दै आफ्नो गल्ती स्वीकार गरेका हुन ।

लालझाडी गाउँपालिका २ कञ्जस्थित निर्माणाधिन सडक निरीक्षणका क्रममा मंसिर ११ गते कुटपिट गरिएको १० पछि ठेकदार राना सहित उनका सहयोगी जगदिश राना र नरेश रानाले माफी मागेका हुन् ।
इन्जिनियर अवस्थीले कुटपिटपछि कन्दकला कस्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका सञ्चालक राना सहित तीन जना विरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएका थिए । प्रहरीले ठेकेदार रानालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरि रहेको थियो ।
इलाका प्रहरी कार्यालयमा इन्जिनियर अवस्थी र ठेकेदार रानाबीच मिलापत्र गरी विवाद हल गरिएको छ । प्रहरी कार्यालयमा ठेकेदार रानाले इन्जिनियर अवस्थीमाथि लगाएका आरोप गलत भएको क्षमा मागेका छन् ।
निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टको पहलमा मंगलबार भएको छलफलपछि कुटपिट प्रकरण समाधानका लागि ६ बुँदे सहमति भएको थियो । उक्त ६ बुदे सहमति कार्यान्वयन भएको छ । संघबाट सचीव सुर्य बहादुर चन्दको नेतृत्वमा टोलि बेलौरी गएको थियो ।