Saturday, July 27, 2024

कञ्चनपुरको एक सामुदायीक वनमा शिकारीको पासोमा परेको चितुवाको उद्दार

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा चितुवा उद्धार गरिएको छ । कञ्चनपुरको एक सामुदायीक वनमा सिकारीले पासोमा पारेको चितुवाको जिवितै उद्धार गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने प्रगति महिला सामुदायिक वनबाट चितुवाको उद्दार गरिएको हो ।

डिभिजन वन कार्यालय कञ्चनपुरका रेञ्जर दुर्गेश धामीका अनुसार आइतबार राति चितुवा पासोमा परेको थियो । स्थानीयले चितुवा पासोमा परेको देखेपछि वनलाई खबर गरेका थिए ।

रातिको समयमा बेहोस पारेर उद्दारमा कठिनाइ हुने भएकाले सोमबार बिहान चितुवालाई पासो मुक्त गरिएको रेञ्जर थापाले बताए ।

डिभिजन वन, शुक्लाफाँटा राष्टिय निकुञ्जको टोली, राष्टिय प्रकृति संरक्षण कोषको टोली र पशु चिकित्सकसहितको टोलीले वयस्क पोथी चितुवाको उद्दार गरेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार