Saturday, July 27, 2024

दोदा नदीमा पुर्ण तटबन्ध र बेलौरीमा भन्सार सञ्चालनकालागि पहल भइरहेको छः परराष्ट्रमन्त्री साउँद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा बेलौरी भन्सार कार्यालय सञ्चालन र दोदा नदीमा पुर्ण तटबन्धका लागि परराष्ट्रमन्त्री एनपी साउदले पहल भईरहेको बताएका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिबार पुनर्वास नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै मन्त्री साउदले बेलौरी भन्सार कार्यालय सञ्चालन र दोदा नदीमा हरेक वर्ष आउने बाढी रोकथामका लागि पुर्ण तटबन्धनको आफुले पहल गरिरहेको बताएका छन् ।

मन्त्री साउँदले जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बेलौरी भन्सारको स्तरोन्नती गर्दै सञ्चालन गरेर यस क्षेत्रको विकास गर्नका लागि सरकारले पहल गरिरहेको बताए ।

‘बेलौरी भन्सार संचालनका लागि मैले अर्थमन्त्री र पाटी सभापति शेर बहादुर देउवा ज्यूसंग संयुक्त छलफल गरेको छु, ‘उनले भने, ‘जनस्तरबाट सञ्चालनमा आएको विषयमा मैले सरकारका विभागिय मन्त्रीसंग छलफल अघि बढाएर शिघ्र संचालनका लागि कुरा राखेको छु ।’ अहिले संचालनमा रहेको त्रिनगर भन्सार जहिलेसम्म संचालनमा आउँछ, त्यहीसम्म संचालन गर्नुपर्ने बताउँदै मन्त्री साउँदले जटिलता आए बैकिल्पक बेलौरी भन्सार रहेको बताए ।

त्यस्तै दोदा नदीले हरेक वर्ष किसानहरुलाई ठुलो धनजनको क्षति पु¥याउदै आएकोमा पुर्ण तटबन्धनको पहल भइरहेको समेत बताएका छन् । यस वर्ष दोदा नदीमा आएको बाढीपछि डुबान परेको क्षेत्र पुनर्वास वडा नं. ५ को सिमरी र उद्री तथा वडा १० परासनमा ३८५ विघा धान र २ सय १८ विघा उखुमा क्षति भएको थियो ।

दोदा नदीको दुवैपट्टी पुर्ण तटबन्धन गरेर उक्त समस्या उटाउन सकिने र सो प्रयास भइरहेको बताएका छन् । ‘दोदा नदीले किसानहरुलाई धेरै दुःख दिदै आएइको छ । यो समस्या निर्मुल पार्नका लागि दोदाको दुवै पट्टी पुर्ण तटबन्धनका लागि मैले पहल गरिरहेको छु ।’ मन्त्री साउँदले भने ।

ताजा समाचार

सम्बन्धित समाचार