महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजारमा रहेको स्थानिय पार्क (भीम वाटिका) मा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न १८ जनामाथी सार्वजनिक मुद्वा दर्ता भएको छ ।

शुक्रबार मंसिर ८ गते दिउँँसो राप्रपाले आयोजना गरेको भ्रष्टाचार, बेतिथि, हिन्दुराज्य सहित राजाका पक्षमा नारा लगाउदै सहिद पन्तको सालिक तोडफोड गर्ने राप्रपाका नेता कार्यकर्ता १८ जनामाथिनै सार्वजनिक मुद्वा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक कमल थापाले बताए ।

उनले भने ‘सार्वजनिक सम्पतिमाथि अराजक तवरले तोडफोड गर्ने पक्राउ परेका १८ जना माथिनै अभद्र व्यवहार अन्तरगत सार्वजनिक मुद्वा दर्ता गरि कार्वाहि अघि बढाएका छौ ।’

शान्तिपुर्ण आन्दोलनको नाममा अराजक गर्ने छुट कसैलाई नभएको भन्दै मुद्वाको प्रकृति हेरेर कार्वाहि गरिने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।
उनले भने ‘म कहाँ प्रहरीबाट मुद्वा आए पश्चात् कस्तो खालको कार्वाहि गर्ने त्यो पछि हुन्छ, समाजिकमा अवाञ्छित कार्य गर्ने जो कोहिलाई पनि कार्वाहिको दायरामा ल्याइ कानुनी कार्वाहि गरिने बताए ।’
आज आइतबार दिउँँसो सालिक तोडफोडको घटनाको विषय सहित जिल्लाको समग्र शान्ति सुरक्षाका सवालमा सर्वदलिय सर्वपक्षिय बैठक जिल्ला प्रशासनमा बोलाईएको प्रजिअ अधिकारीले बताए ।
राप्रपाले आफ्ना पक्राउ परेका नेता, कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै शनिबार स्थानिय महेन्द्रनगर बजार बन्दको आव्हान गरेको थियो । तर रिहाई नभए अनिश्चितकालीन बन्दको आव्हान गरिने भनेपनि पक्राउ परेकाहरू नछुटने भएपछि बन्दको कार्यबाट पछि हटेका छन् ।