Saturday, July 27, 2024

को हो त्यो ‘ब्यूरो वाला’ जसले लखेटी–लखेटी मार्‍यो लालझाडीका राजकुमारलाई 

प्रकाशित:

महेन्द्रनगर । गत महिना अर्थात् कात्तिकको १९ गते साँझ पख । कैलालीको धनगढी नगरपालिका–१३ कैलारी गाउँका धोके रानालाई उनका साढुदाईको फोन आउँछ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कञ्चनपुरको लालझाडी गाउँपालिका–३ बलमीका २५ वर्षीय राजकुमार रानाले अत्तालिँदै आफ्ना साढुभाई धोकेलाई भने – साढु मलाई ब्यूरो वालाले लखेटिरहेका छन्, म भाग्दै छु, विचवा पुगेर फोन गर्छु, मलाई लिन मान्छे पठाइदिनु ।१ मिनेटभन्दा कममैं राजकुमारको फोन काटियो । केही साता पहिले मात्रै सडक दुर्घटनामा परेर खुट्टा चलाउन नसक्ने अवस्थामा रहेका धोके राजकुमारको फोन कुरेर बसे तर फेरि राजकुमारले फोन गरेनन् ।

भोलिपल्ट बिहान राजकुमारकै फोनबाट उनकी धर्मपत्नि सुशीलालाई ३ पटक फोन गयो । सुशीलाले फोन उठाउँदा अर्कोतर्फबाट कोही बोल्दैन थियो, मोबाइलमा टाइप गरेजस्तो आवाज मात्रै आउँथ्यो ।राजकुमारको फोनबाट उनका भान्जा कमल रानालाई पनि १ पटक फोन गएको थियो तर कमलसँग पनि कुराकानी नभएको सुशीला बताउँछिन् ।त्यसपछि राजकुमारको मोबाइल सधैंका लागि अफ भयो ।र, त्यसको १ सातापछि २८ गते कृष्णपुर नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने जंगलमा सडेगलेको अवस्थामा राजकुमारको शव भेटियो ।

शव भेटिएपछि परिवारजनमा सुरु भयो राजकुमारको मृत्यु हत्या, आत्महत्या वा दुर्घटना के हो भन्ने चासो ।त्यसैबीच ९७६६३९३००१ बाट राजकुमारका सहोदर दाई मदन रानालाई फोन आयो । आफूलाई चेत भण्डारी बताउने व्यक्तिले फोन गरेका थिए ।भण्डारी र मदनबीच रानाथारु भाषामा भएको सम्वादको अडियो क्लिप मानसखण्डलाई प्राप्त भएको छ । उक्त सम्वादका अनुसार राजकुमारलाई ‘सीआइडी’ले लखेट्दै गरेको आफूले देखेको भण्डारीले मदनसँगको कुराकानीमा बताएका छन् ।

भण्डारीले अडियोमा राजकुमार मोटरसाइकल छोडेर जंगलमा पसेको बताएका छन् । ‘मोटरसाइकल सीआइडीले लगेको हुनुपर्छ’ भण्डारीले मदनसँग भनेका छन् ।

के गर्दैछ प्रहरी १

घटनास्थलबाट सबै मुचुल्का तयार पारेर फर्केको इलाका प्रहरी कार्यालय झलारी भने अहिलेसम्म हत्या, दुर्घटना वा आत्महत्या के हो भन्ने निष्कर्षमा पुगेको छैन ।सो इप्रकाका इन्चार्ज प्रहरी निरीक्षक बीरबहादुर बुढाऐर अनुसन्धान जारी रहेको बताउँछन् । उनले अनुसन्धानका क्रममा राजकुमार स्वयं आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको बताए ।

राजकुमार लागुऔषध र ठगीको मुद्दामा बेलौरी, सुनसरी, काठमाडौं र झलारी प्रहरीको खोजी सूचिमा रहेका फरार व्यक्ति भएको अनुसनधानबाट खुलेको इन्स्पेक्टर बुढाऐरको भनाई छ ।

रहस्यमयी बन्दैछ घटना १

प्रहरीले अनुसन्धान जारी राखेकै बेला राजकुमारको मृत्यु रहस्यमयी बन्दै गइरहेको छ ।राजकुमारको शव फेला परेकै दिनदेखि उनको घर रहेको टोलमा नम्बर प्लेट नभएको मोटरसाइकलमा चेत भण्डारी अन्य ३ जना अपरिचितका साथ दिन बिराएर आउने गरेको सुशीलाले बताइन् ।‘उनीहरु जेठाजु ९मदन०लाई भेट्न आइरहन्छन्’ सुशीलाले भनिन्, ‘जेठाजुसँग कुरा गर्न खोज्छन् तर मान्छे धेरै भएमा नबोली जान्छन् ।’

घटनालाई रहस्यमयी बनाउने अर्को पाटो हो राजकुमारको फेसबुक म्यासेन्जर । शुशीलाका अनुसार शव पाइएको २ सातपछि २८ अक्टोबर ९११ कात्तिक०सम्म राजकुमारले चलाउने थ्यगचागतगबभ नामक आइडी चलिरहेको थियो ।‘११ गते मैले म्यासेन्जरमा भ्वाइस कल गर्न खोजेकी थिएँ’ सुशीलाले भनिन्, ‘तर उताबाट फोन उठेन र त्यसपछि अफलाइन छ ।’राजकुमारका परिवारजन उनको हत्या भएको निष्कर्षमा पुगेका छन् । उनीहरुले घटनाको विवरणसहितको जाहेरी प्रहरीमा दर्ता गराउने प्रक्रिया पनि थालिसकेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार