२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

मध्यराति कैलाली अदालतमा चोरी, गोलीसहित कटुवा पेस्तोल गायब

प्रकाशित:

Advertisements

-गोकुल जोशी ।
महेन्द्रनगर । कैलाली जिल्ला अदालतमा मध्यराति चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतको दक्षिणतर्फ रहेको अभिलेख शाखाको ग्रिल फोडेर चोरी भएको हो ।

अभिलेख शाखाबाट दसी प्रमाणमा प्राप्त भएका पाँच थान मोबाइल, एक थान कटुवा पेस्तोल र त्यसका चार वटा गोली चोरी भएको प्रहरीले जनाएको छ ।

‘पछाडीतर्फको ग्रिल फोडेर चोरी भएको छ । चोरको पहिचान खुलेको छैन,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले भने, ‘अनुसन्धान गरेर चोरको खोजी गरिरहेका छौँ ।’

कैलाली जिल्ला अदालतले मिसिल पनि चोरी भएको हुनसक्ने आशंकामा सम्पूर्ण शाखामा रिपोर्ट माग गरेको छ ।

‘सम्पूर्ण शाखाबाट प्राप्त रिपोर्ट रुजु गरेपछि मात्रै मिसिल अवस्था पत्ता लाग्छ । हामीले रिपोर्ट मगाएका छौँ,’ श्रेस्तेदार मानबहादुर बिष्टले भने ।

अदालतको सीसीटीभी फुटेजमा एक अज्ञात व्यक्ति अनाधिकृत रुपमा प्रवेश गरेको भिडिओ कैद भएको छ। सो फुटेज प्रहरीले अनुसन्धानका लागि लगेको छ ।

मध्यराति भएको चोरीको घटना अर्को दिन कार्यालय खुल्दा मात्रै बाहिरिएको थियो । कार्यालय खुल्दा कर्मचारीहरुले चोरी भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार