Saturday, July 27, 2024

गोदाममैं छापा अभियान – अन्ततः उदांगियो कञ्चनपुर प्रहरीको सक्कली अनुहार 

प्रकाशित:

महेन्द्रनगर । अवैध सामान वरामद गर्न व्यापारीका गोदाममा छापा मार्ने कार्य तीब्र पारिरहेको कञ्चनपुर प्रहरीको नियतमाथि पछिल्लो समय गम्भीर प्रश्न उठेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गत साता बिहीबार दोधारचाँदनी नगरपालिका–१ की स्थानीय वासिन्दा रेखाकुमारी भट्टको नाममा दर्ता उज्वल खुद्रा एण्ड कस्मेटिक पसलमा प्रहरीले गरेको खानतलास र वरामदीपछि प्रहरीले बदनियतका साथ काम गरिरहेको खुलेको हो ।

 

सो घटनासँगै केही महिनायता कञ्चनपुर प्रहरीले भन्सार छलीका अवैध सामानविरुद्ध चर्काएको अभियान पनि शङ्कास्पद हुन पुगेको छ ।गत साता बिहीबार साँझ प्रहरीले भट्टको सो कस्मेटिक पसलमा खानतलासी गरेर ‘मेड इन चाइना’ लेखिएको १ सय पेटी ‘डिस्पोजेवल ग्यास लाइटर’ र ४ बोरा ओखर वरामद गरेको थियो ।

दुबै सामानको अनुमानित मूल्य ६ लाख ७४ हजार रहेको प्रहरीकै वरामदी मुचुल्कामा उल्लेख छ ।प्रहरीले ती सामान अवैध रुपमा भारततर्फ निकासी गर्ने क्रममा भट्टका पति दीपक जोशीलाई समेत नियन्त्रणमा लिएको दावी पनि गरेको छ ।

तर, मानसखण्डलाई प्राप्त प्रमाण अनुसार प्रहरीले झुटो दावी र मुचुल्का बनाएको पाइएको छ ।प्रहरीले सामान अवैध भने पनि पसलकी सञ्चालिका भट्टले उपलब्ध गराएको बील सक्कली भएको पाइएको छ ।

कैलालीको धनगढीस्थित न्यू शुशील श्रृंगारले उज्वल खुद्रा तथा कस्मेटिकका नाममा सोही दिन (१६ कात्तिक २०८०) बिजक नम्बर एनएसएस–एस–८०÷८१–२१३५ र २१३६ गरी २ वटा भ्याट बील जारी गरेको छ ।

ती बीलमा ५०–५० पेटी लाइटर बिक्री गरिएको उल्लेख छ । बीलअनुसार उज्वल खुद्रा एण्ड कस्मेटिकले कूल ६ लाख ७२ हजारका लाइटर खरिद गरेको छ ।अर्कोतिर प्रहरीले भारततर्फ निकासी भइरहेको अवस्थामा सामान वरामद गरिएको दावी गरे पनि त्यो दावी झुटो रहेको देखिन्छ ।

मानसखण्डलाई प्राप्त भिडियोमा साँझपख प्रहरीले भट्टको गोदाममा छापा मारेर लाइटर तथा ओखर वरामद गरिरहेको प्रष्ट देखिन्छ ।उज्वल खुद्रा तथा कस्मेटिककी भट्टले ओखरको बीलसमेत आफूसँग रहेको दावी गरेकी छन् ।भन्सार छलीका अवैध सामान वरामदको अभियान नै चलाएर प्रशंसा पाइरहेका कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापा भने उक्त घटनापछि अप्ठ्यारो अवस्थामा पुगेका छन् ।

वैध सामानलाई नेपाली भूभागभित्रै अवैध भन्दै आतंक मच्चाउने शैलीमा वरामद गरेपछि एसपी थापाको आलोचना हुन थालेको छ ।थापाले गलत नियतका कारण आफूहरुलाई दुःख दिइरहेको भन्दै कञ्चनपुरका व्यापारीहरुले उनलाई जिल्लाबाट हटाउनुपर्ने माग गर्न थालेका छन् ।बिहीबारको घटनाको समेत छानविन हुनुपर्ने व्यवसायीहरुको माग छ ।।मानसखण्ड डटकम बाट ः साभार

ताजा समाचार

सम्बन्धित समाचार