दोधारा–चाँदनीको बडुवाल टोलमा जंगली हात्तीले फेरि एक घर भत्कायो

प्रकाशित:

दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा जंगली हात्तीले घर भत्काउदै आएको छ । नजिक रहेको भारतिय जंगलबाट रातीको समयमा बस्ती भित्रिने जंगली हात्तीले घर मात्रै भत्काएको छैन् ।

उनिहरुमा जिउने शाहास पनि कमजोर बनाउदै आएको छ् । खेतमा वालीनाली नभएको अवस्थामा हात्तीले स्थानियहरुको घर गोठ भत्काउन थालेपछि रातीको सयममा कहाँ गएर ज्यान जोगाउने भन्ने चिन्ता उनिहरुमा छाएको छ ।

गएराती बडुवाल टोलका चम्फा सार्कीको घर भत्काएको छ । रातीको २ बजे समुहगतमा आएको हात्तीको हुलले चम्फाको कच्ची घर भत्काएको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले जानकारी दिएका छन् ।
चम्फाको घरमा रहेको खाद्यान्न, लत्ताकपडा, भाडाकुडी लगाएत रु. ५६ हजार बराबरको धनमाल जंगली हात्तीले क्षती गरेको प्रहरीले गरेको मुचुल्कामा उल्लेख छ ।

रातीको समयमा नजिकै रहेको भारतिय जंगलबाट आएको हात्तीले चम्फाको घरको भित्ता भत्काउन थालेको हो । घरमा खाद्यान्न तथा खाना पकाउने भाडाकुडी समेत हात्तीले नष्ट गरेको कारण के गरेर खाना पकाउने भन्ने चिन्ता चम्फा सार्कीका रहेको छ ।

खरिद गरिएको चामल, दाल समेत हात्तीले खाईदिएपछि चम्फाको घरमा खाद्यान्नको चरम अभाव श्रजना भएको चम्फाले बताएका छन् । घर भत्काउनुको साथै घरमा रहेको खाद्यान्न नष्ट गर्न थालेपछि स्थानियबासी, सशस्त्र प्रहरीहरुको एक टोलीले हात्तीलाई जंगल तर्फ धपाएको बताईएको छ ।

हात्तीको डरले कच्ची घर भएकाहरु छिमेकीको पक्की घरमा आश्रय लिएर बस्दै आएका छन् । यस अघि पनि हात्तीले चम्फाको घरमा भित्ता भत्काएको थियो । रातीको समयमा हात्तीको आक्रमणमा परिने डरले चम्फा सार्कीको घरपरिवार छिमेकीको पक्की घरमा आश्रय लिएर रात काट्ने गरेका हुन् ।

केही दिन अघि मात्रै दिपक औजी, अमर मगर र रने सार्की, लिला मगरको घर र भान्सा जंगली हात्तीले भत्काएको हो । वर्षौ देखि बस्तीमा जंगली हात्तीले बस्तीमा स्थानियहरुको धनमाल नष्ट गने, आक्रमण गर्ने गर्दै आएपनि सरकार पक्षले कुनै पहल नगरेको उनिहरुमा गुनासो छ ।

ताजा समाचार

सम्बन्धित समाचार