Saturday, July 27, 2024

एन्टिबायोटिक रेसिस्टेन्स ब्यापक रुपले बड्दै

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा अहिले एन्टिबायोटिक रेसिस्टेन्स दिन प्रतिदिन बढ्दै गइरहेको छ् । स्वास्थ्यमा सानोतिनो गडबडी हुनसाथ पसल वा मेडिकलहरूमा गएर औषधी किनेर खाने बानीले गर्दा धेरै व्यक्तिहरूमा अहिले एन्टिबायोटिक रेसिस्टेन्स भेटिँदै गइरहेको छ् । चिकित्सकको परामर्श बिना वा स्वास्थ्य जाँच नगरी सोझै औषधी पसलमा गएर औषधी माग्ने र खाने चलन व्यापक छ् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

औषधी के हो ? त्यसले शरीरमा कसरी प्रभाव पार्छ ? किन, कुन समयमा र कसरी सेवन गर्नुपर्छ ? भन्ने आधारभूत ज्ञान हामी अधिकांश व्यक्तिहरू संग छैन् । कसैले भनेको भरमा जस्तोसुकै औषधी खान हतारिन्छौ । यसरी नै हामीले धेरै पटक एन्टिबायोटिक पनि चपाएका छौं । जबकि त्यसले हाम्रो शरीरमा कस्तो असर गर्छ भन्ने कुरा हामीहरूलाई कुनै जानकारी नै हुँदैन ।

त्यसैगरी मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर कञ्चनपुरका निर्देशक डा. गोविन्द रोकायाले कञ्चनपुरमा अहिले एन्टिबायोटिक्स व्यापक रुपमा बड्दै गइरहेको बताए । उनले भने, “अहिलेको समयमा व्यक्तिहरूको शरीरमा अलिकति असन्चो महसुस हुँदा इन्टरनेट, गुगल र युट्युब जस्ता सञ्चार माध्यमहरूको प्रयोग गरेर औषधिहरूको सेवन गर्ने गरेको उनले बताए ।”

डा. रोकायले एन्टिबायोटिक्सको प्रयोग त्यसबेला मात्र गर्नुपर्छ, जब शारीरिक समस्या ब्याक्टेरियाको कारणले पैदा भएको हो भन्ने टुंगो हुन्छ । एन्टिबायोटिक्सको जथाभावी प्रयोग गर्दा ब्याक्टेरियाले त्यस बिरुद्ध लड्ने क्षमता विकास गर्छ र जसले गर्दा हाम्रो शरीरमा औषधीको प्रभाव नरहने डा. रोकायले बताए । त्यसैगरी डा. रोकायका अनुसार एन्टिबायोटिक नै रोगको पूर्ण निदान नभएको बताए ।

उनले भने, “एन्टिबायोटिक खाएपछि त्यसले शरीरमा संक्रमित ब्याक्टेरियालाई नष्ट गर्छ । यस हिसाबले कुन किसिमको ब्याक्टेरिया हो, त्यही आधारमा एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । यसको मात्रा, अवधी, समय सबैकुरा ख्याल गर्नुपर्छ । यद्यपी जुनसुकै अवस्थामा एन्टिबायोटिक सेवन गर्छौ । यस किसिमको प्रयोगले शरीरमा भएका ब्याक्टेरियाले आफ्नो रक्षात्मक क्षमता बढाउँछ, कोषिका परिवर्तन गर्छ र जसलाई ‘ड्रग रेजिस्टेन्स’ समेत भन्ने गरेको उनले बताए ।”

डा. रोकाया भन्छन्, “एन्टिबायोटिक्सको प्रयोगबारे हामी उतिधेरै सचेत छैनौं । एन्टिबायोटिक्स लिइसकेपछि त्यसको निश्चित डोज पुरा गर्नैपर्ने हुन्छ । तर, हामी जथाभावी औषधी किन्छौ । मनोमानी ढंगले प्रयोग गर्छौ र आफ्नो समस्या ठिक भइसकेपछि औषधीको डोज पुरा नगरी छाडिदिन्छौ ।, एन्टिबायोटिक्स त्यही बेला सुरु गर्नुपर्छ, जब समस्या ब्याक्टेरियाको कारण पैदा भएको हो भन्ने टुंगो हुन्छ ।

यदि त्यसो गरिएन भने ब्याक्टेरियाले आफ्नो कोषिका परिवर्तन गर्छ, जससँग लड्न सक्ने मेडिकल क्षमता हामीसँग छैन ।” उनले भने, “समयमै एन्टीबायोटिक्स नखानु, डोज पूरा नगर्नु र एन्टीबायोटिक्स प्रयोग गर्दा यसले शरीरमा भएको कुनै न कुनै कोषिकालाई असर पार्ने हुदाँ यसका साइड इफेक्टस् धेरै हुने गर्दछ । शरीरमा कुनै पनि रोगको संक्रमण देखा पर्दा तुरुन्तै चिकित्सक संग सल्लाह लिएर मात्र औषधिहरूको सेवन गर्नु पर्ने उनले बताए ।”

ताजा समाचार

सम्बन्धित समाचार