Saturday, July 27, 2024

गरिबको झुपडीमा वडाध्यक्ष थापा दशैँ मनाउन विपन्तलाई खाद्यान्न सहयोग

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको एक जनप्रतिनिधीले आफुले पाएको भत्ताको रकमबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन । भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले आफुले पाएको भत्ताको रकमबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सीमावर्ती तथा विपद्को उच्च जोखिममा रहेको वडामा रहेका अति विपन्न बेसाहरा गरिब परिवारलाई खाद्यान्न वितरण गरेका छन । शनिबार वडामा रहेका विभिन्न गाँउबस्ती घरमै पुगेर वडाध्यक्ष थापाले खाद्यान्न वितरण गरेका छन । प्रति एक परिवार एक बोरा चामल, दाल र एक खुकुरा वितरण गरेका छन ।

दशैँ मनाउनका लागि उनीहरुलाई खाद्यान्न समाग्री वितरण गरिएको वडाध्यक्ष थापाले बताए । वडाध्यक्ष थापाले घरघरमै पुगेर खाद्यान्न हस्तान्तरण गरेका छन । दशैँकै मुखमा वडाध्यक्ष थापाले घरमै पुगेर मासुका लागि कुखुरा सहित खाद्यान्न सहयोग गरेपछि विपन्न परिवार हर्षित भएका छन । आफन्त गुमाएका एव बेसाहरा नागरिक हर्षित भएका हुन।

भीनपा ११ शिवज्योती टोलकी बेसाहरा गंगादेवी सुनारले यस अघिका दशैँमा कुनैपनि जनप्रतिनिधीले यसरी दशैँका बेला सहयोग नगरेको बताउँदै उनले अहिलेका जनप्रतिनिधीले सहयोग गरेको बताईन । ‘दशैँका बेला मासु मात्रै होईन खाद्यान्न पनि समस्या थियो, ‘उनले भनिन, ‘एक्कासी वडाध्यक्ष ज्यू भगवान जस्तै प्रकट भएर आएर खाद्यान्न दिएर गए ।’

जनज्योती टोलकी झापुदेवी लुहारले पनि दशैँका बेला मिठो मसिनो खाना भन्दा पनि दैनिक छाक टार्नका लागि समस्या भएको अवस्थामा वडाध्यक्षले मासु खान कुखुरा सहित खाद्यान्न सहयोग गरेपछि ठुलो राहत पुगेको बताईन । ‘वडाध्यक्ष थापाले महिनाभरी पुग्ने राशन दिएका छन, ‘उनले भनिन, ‘अब ढुक्क भएर दशैँ मनाउँछु ।’ महाकाली टोलकी कमला ठकुरीले आफ्ना कोही नभएको अवस्थामा वडाध्यक्षले यसरी दशैँकै मुखमा खाद्यान्न दिएको बताईन । ‘म त एकल महिला हुँ, मेरा कोही छैनन, ‘उनले भनिन, ‘वडाध्यक्षले खाद्यान्न दिएपछि अब ढुक्कले दशैँ मनाउँछु ।’

यसरी दशैँ तिहारकै मुखमा वडाध्यक्ष प्रकास थापाले विपन्नको भोको पेट भर्ने काम गरेको भन्दै खाद्यान्न पाउने स्थानीयले आभार प्रकट गरेका छन । भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले नियमित कामका अतिरिक्त वडामा रहेका अति विपन्न, बेसाहरा नगरिकलाई दशैँ मनाउन आफुले पाएको सुविधाको रकमबाट सक्दो खाद्यान्न सहयोग गरेको बताए । दैनिक हातमुख जोर्न समस्या भएका विपन्नलाई दशैँ मनाउनका लागि सक्दो सहयोग गरेको वडाध्यक्ष थापाले बताए ।

‘दशैँको मुखमा वडामा रहेका अति विपन्न परिवारलाई सक्दो खाद्यान्न वितरण गरेको छु, ‘उनले भने, ‘यो दशैँ सबैले उत्साहका साथ मनाउन पाउनुपर्छ त्यही भएर मैले सक्दो सहयोग गरेको छु ।’ आगामी दिनमा समेत यस्तै समाजिक सहयोग गर्ने वडाध्यक्ष थापाले प्रण गरेका छन ।

 

ताजा समाचार

सम्बन्धित समाचार