Saturday, July 27, 2024

दोधारा चाँदनीमा उन्नत दुग्घ संकलन तथा डेरी उत्पादन बिक्रि केन्द्र स्थापना

प्रकाशित:

महेन्द्रनगर । दोधारा चाँदनीमा उन्नत दुग्घ संकलन तथा डेरी उत्पादन बिक्रि केन्द्रको उद्धघाटन गरिएको छ् । उन्नत भैसी पालन ब्लक समन्वय समिति दोधारा चाँदनीले आज दोधारा चाँदनी नगरपालिका– ६ हेल्थपोष्ट बजारमा उन्नत दुग्घ संकलन तथा डेरी उत्पादन बिक्रि केन्द्रको समउद्धघाटन गरिएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुदुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाले बिधिवतरुपमा उन्नत दुग्घ संकलन तथा डेरी उत्पादन बिक्रि केन्द्रको समउद्धघाटन गरेका हुन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए० र शुदुरपश्चिम प्रदेश सरकारको भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको साँझा सहयोगमा उन्नत दुग्घ संकलन तथा डेरी उत्पादन बिक्रि केन्द्र स्थापना गरिएको उन्नत भैसी पालन ब्लक समन्वय समिति दोधारा चाँदनीका संयोजक लाल बहादुर पुनले जानकारी दिएका छन्

केन्द्र स्थापनाको लागी सिसा परियोजना कैलाली र प्रगती बिपद् ब्यवस्थापन समिति दोधारा चाँदनी– ९ ले समेत सघाएको बताईएको छ् । उन्नत दुग्घ संकलन तथा डेरी उत्पादन बिक्रि केन्द्रको स्थापना झण्डै रु। १५ लाखको लागतमा संचालन आएको उन्नत भैसी पालन ब्लक समन्वय समिति दोधारा चाँदनीका संयोजक लाल बहादुर पुनले बताएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए० सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जिविकापार्जन तथा स्थानियहरुको राजगारीको लागी उन्नत दुग्घ संकलन तथा डेरी उत्पादन बिक्रि केन्द्रले निकै सघाउ पुग्ने बताएका छन् ।

किसानहरुले उत्पादन गरेको दुग्घको सहि मुल्य पाउने तथा रोजगारी श्रजना हुने नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए० सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा उत्पादन भएका दुध भारतिय बजारहरुमा निर्यात संगै दुग्ध बेच्दा किसानहरुले पैसा नपाउने समस्याको निर्मुल हुने शुदुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाले बताएका छन् । उन्नत दुग्घ संकलन तथा डेरी उत्पादन बिक्रि केन्द्रको दिगोरुपमा संचालनको ब्यवस्थापन समितिको अहम भुमिका रहने हुदा ब्यवस्थापन समितिले स्थानिय किसानहरुको समस्यालाई मध्यनजर राख्दै केन्द्रलाई दिगो ब्यवस्थापन राख्ने प्रकारको रणनिति तयार गरि लैजानु पर्ने उनले बताएका छन् ।

यस्तै दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले दुग्घ संकलन तथा डेरी उत्पादन बिक्रि केन्द्र स्थापना भएको बधाई दिदै दुग्ध उत्पादक किसानहरुको समस्या हल हुनेमा आफु बिश्वस्त भएको बताएका छन् । कृषकलाई एकीकृत बनाएर कृषि तथा पशुपालन क्षेत्रमा आयआर्जन बढाउने गरी कार्यक्रम संचालन गर्ने उन्नत भैसी पालन ब्लक समन्वय समिति दोधारा चाँदनीका संयोजक लाल बहादुर पुनले बताएका छन् ।

केन्द्र सञ्चालनमा आएपछि कृषक विचौलियाबाट ठगिने क्रम रोकिने बताउदै दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले उत्पादन बढाउने, बजारीकरण गर्ने, उत्पादित वस्तुलाई प्रशोधन गरेर दुधको विविधीकरण गर्ने ब्यापारमा उन्नत दुग्घ संकलन तथा डेरी उत्पादन बिक्रि केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने आफुले अपेक्षा राखेको बताए । उन्नत दुग्घ संकलन तथा डेरी उत्पादन बिक्रि केन्द्रले दुग्ध संकलन केन्द्र सहित दुधबाट बनेका बिभिन्न प्रकारका परिकार बिक्रिबितरण गर्ने उन्नत भैसी पालन ब्लक समन्वय समिति दोधारा चाँदनीले जनाएको छ् ।

केन्द्र उद्धघाटन कार्यक्रममा शुदुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष ओंम बस्नेत, भक्त बहादुर सुनार, गोपीलाल कडेंल, नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए० का राजकुमार सुनार, गणेश ठगुन्ना, दोधारा चाँदनी नगरपालिका कार्यालय पशु शाखाका प्रमुख, उन्नत भैसी पालन ब्लक समन्वय समिति दोधारा चाँदनीका पदाधिकारी लगाएत स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार