Saturday, July 27, 2024

दोधारा चाँदनीको पशुपती टोलमा जंगली हात्तीले धानवाली नष्ट

प्रकाशित:

पप्पु कालापानी / दोधारा । दोधारा चाँदनीको पशुपती टोलमा जंगली हात्तील्े धनवाली नष्ट गरेको छ् । दोधारा चाँदनी नगरपालिका– १ पशुपती टोलमा जंगली हात्तीले धानवाली नष्ट गरेको स्थानियहरुले बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गए राती भारतिय जंगलबाट बस्ती भित्रिएको जंगली हात्तीको हुलले सुन्दरी चन्द, धनी चन्द लगाएत स्थानिय किसानको धानवाली नष्ट गरेको हिमालय मध्यवर्ती ब्यवस्थापन समिति चाँदनीका कोषाध्यक्ष सरोज चन्दले जानकारी दिएका छन् ।

हात्तीको बथानले किसानहरुको झण्डै १ बिघाह धानवाली नष्ट गरेको कोषाध्यक्ष चन्दले बताएका छन् । झण्डै २ महिना देखि भारतिय जंगलबाट भित्रिएको जंगली हात्तीले बडुवाल टोल आसापस क्षेत्रमा अन्नवाली नष्ट गर्दै आएको छ् ।

दर्जनौ किसानहरुको अन्नवाली नष्ट गर्दै आएपनि सरोकारवालाहरुले खासै चाँसो नदेखाएको पिडितहरुको गुनासो रहदै आएको छ् ।

ताजा समाचार

सम्बन्धित समाचार