Saturday, July 27, 2024

दोधारा चाँदनीमा ‘डे नाईट क्रिकेट’ प्रतियोगिता हुने

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनीमा ‘डे नाईट क्रिकेट’ प्रतियोगिता हुने भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

२६ असोज(शुक्रबार)देखि दोधाराचाँदनी नगरपालिका २ वडा कार्यालयको फिल्डमा ‘सुदूर मिडिया डे नाईट क्रिकेट’ प्रतियोगिता हुने भएको हो ।

‘लागु औषध त्यागौँ, खुसी जिवन तर्फ लाग्गौैँ’ भन्ने मुल नाराका साथ सुदूर मिडिया प्रालिले दोधाराचाँदनी नगरपालिकासंगको साझेदारीमा प्रतियोगिता आयोजना गरेको छ ।

आयोजक टिमले कञ्चनपुर क्रिकेट संघसंग समेत सहकार्य गरेको छ । सुदूर मिडिया प्रालिका अध्यक्ष एव प्रतियोगिता संयोजक सुरेश भट्टले सीमावर्ती दोधाराचाँदनी क्षेत्रबाट क्रिकेटका खेलाडी उत्पादनदेखि खेल क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

अध्यक्ष भट्टले खेलकुद क्षेत्रकै विकासका लागि दोधराँदनीका १०वटै वडाबाट आउने टिमको निःशुल्क दर्ता गरिने छ । जबकी टिम दर्ताका लागि १५ हजार रुपैया शुल्क तोकिएको छ । ‘डे नाईंट साँझ ४ बजेदेखि राती १०सम्म खेलाईनेछ ।

प्रतियोगिताका विजेता टिमलाई नगद ७५ हजार, उपविजेता टिमलाई ३५ हजार सहित ट्रफि मेडल प्रदान गरिनेछ ।

म्यान आफ दि सिरजी नगद ५, बेष्टबलर, बेष्ट ब्याट्समेन ३/३ हजार प्रदान गरिनेछ । १६ टिमविच प्रतिस्पर्धा हुनेछ । यस अघिदेखि संचालन हुँदै आएको डेनाईट सातौँ संस्करण भएपनि सुदूर मिडिया प्रालिले दोस्रो सस्करण गर्न लागेको हो ।

क्रिकेट प्रतियोगिताका सदस्य रमेश सिह साउदले टि १० प्रणालीमा सप्ट बलले खेल खेलाईने बताए । वडाका १० टिम सहित विभागिय विभिन्न कर्पोरेट क्षेत्रबाट टिम सहभागि भएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार