Saturday, July 27, 2024

दोधारा चाँदनीमा प्रभावकारी बन्दै ‘न्यायिक समिति’

प्रकाशित:

-पप्पु गुरुङ ।
दोधारा । पछिल्लो केही समय यता दोधारा चाँदनी नगरपालिकामा गठन भएको न्यायिक समिति प्रभावकारी बन्दै गएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नगरपालिकामा न्यायिक समिति गठन पश्चात् सानातिना मुद्दाहरुमा अदालत धाउनुपर्ने बाध्यता अन्त्य भएको हो ।

दोधारा चाँदनीको न्यायिक समितिले आफ्नो अधिकार क्षेत्रका मुद्दा मामिलालाई मेलमिलापको सिद्धान्तमा निर्णय गर्दा प्रभावकारी बनेको हो ।

न्यायिक समितिमा धेरै जसो जग्गा खिचलो संघियार बिबाद सम्बन्धमा आउने गरेको छ । न्यायिक समितिमा आएका उजुरीलाई स्थानीय जनप्रतिनिधिकै सक्रियतामा मेलमिलाप गराउने काम न्यायिक समितिले गरिरहेको छ ।

न्यायिक समितिले भरसक समाज र समुदायमा घटेका आन्तरिक विवादहरुलाई सम्बन्धित पक्षहरु बीच मिलाउने गर्दै आएको दोधारा चाँदनी नगरपालिकामा उपमेयर गंगा देबी जोशीले बताएका छन् ।

न्यायिक समितिले मुद्दाको फैसला गर्ने, सजाय तथा जरिवाना तोक्ने कार्य नगर्ने उनले जानकारी दिए । गएको आर्थिक वर्षमा ६७ वटा उजुरी न्यायिक समितिमा आएको दोधारा चाँदनी नगरपालिकामा उपमेयर गंगा देबी जोशीले बताएका छन् ।

जसमध्ये २२ वटा मुद्दा दुबै पक्षको सहमती गराई मिलेको, ४३ वटा मुद्दा प्रकृयामा रहेको र २ वटा मुद्दा तामेलीमा रहेको बताईएका छन् ।

न्यायिक समिति गठन भएपछि निकै फाईदा भएको सहजै समस्या समाधान गर्न सकेकोमा एक पीडितले खुशी व्यक्त गरे । न्यायिक समितिमा जग्गा विवाद, घर निर्माणमा विवाद, लेनदेन, बालीनाली नोक्सानी, गाली गलौज लगाएतका मुद्दा आउने गरेको उपप्रमुख तथा न्यायिक समितिकी संयोजक गंगा देबी जोशीले बताए ।

समितिको क्षेत्राधिकार भन्दा बाहिरका घटनालाई भने आफूहरुले नहेरी सिधै जिल्ला अदालतमा पठाउने गरेको उनले बताईन् । ‘ईजालास बस्दा उहाँहरुलाई मिलमिलाप गराएर विवादको समाधान गर्ने गरेका छौं । हामीले स्थानीय तहमै गरेका कामबाट अदालत जानुपर्ने अवस्था कम भएको छ ।’ उपप्रमुख तथा न्यायिक समितिकी संयोजक गंगा देबी जोशीले भने ।

न्यायिक समितिको प्रमुखको हैसियतले आफूले निष्पक्षरुपमा काम गरेर नगरवासीका विवादहरुलाई सकेसम्म मेलमिलापको माध्यमबाटनै समाधान गरेको उनले बताइन् ।

‘स्थानिय तहमा न्यायीक समितिको ब्यवस्था भए संगै पहुँच बाहिरका नागरिक पनि न्यायका लागी ढोका ढकढकाउन थालेका छन् ।

यसले पनि बिपन्न र पहुँच बाहिरका नागरिकलाई आफु अन्यायमा परेको कुरा भन्न सजिलो भएको छ’ दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिकी संयोजक जोशीले भने ।

ताजा समाचार

सम्बन्धित समाचार