
महेन्द्रनगर । निर्माण व्यवसायी संघ कंचनपुरले महासंघका पुर्व अध्यक्ष सहिद शरद कुमार गौचनको छैटौं स्मृति दिवस मनाएको छ ।
मंगलबार निर्माण व्यवसायी संघ कञ्चनपुरले महासंघका पुर्व अध्यक्ष सहिद गौचनको छैटौं स्मृति दिवस मनाएको हो ।
संघका अध्यक्ष निरन्जन प्रशाद भट्टको सभापतित्वमा एवं महासंघका बिशेष आमन्त्रित केन्द्रिय सदस्य प्रेम प्रकाश भट्टको प्रमुख आतिथ्यमा र अतिथि संघका सल्लाहकारहरु लगायत निर्माण व्यवसायी संघ कञ्चनपुरका पदाधिकारी सदस्य, संघका साधारण सदस्यहरुको उल्लेख उपस्थितमा सहिद गौचनको स्मृति सभा सम्पन्न भएको उपाध्यक्ष देव बहादुर चन्दले बताए ।
