Saturday, July 27, 2024

दोधारा चाँदनीबाट झण्डै १६ फिट लामो अजिंगरको सकुशल उद्दार

प्रकाशित:

दोधारा । दोधारा चाँदनीबाट अजिङ्गरको उद्धार गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चाँदनी नगरपालिका– ४ पिपल चौराहबाट गएराती एक अजिङ्गरको उद्धार गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् ।

पिपल चौराह नजिक बिरे बिष्टको भान्सामा अजिङ्गर देखेपछि स्थानियहरुले वडाध्यक्ष भक्त बहादुर सुनारलाई खबर गरेका थिए ।

वडाध्यक्ष सुनारले ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाँउलाई खबर गरेका थिए ।

स्थानिय, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको एक टोलीले झण्डै १६ फिट लामो अजिङ्गरको सकुशल उद्धार गरि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पठाईएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार