Saturday, July 27, 2024

महेन्द्रनगरमा १ लाख ५४ हजार रुपैँया सहित १० जना जुवाडे पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बागफाँटाबाट १० जना जुवाडे पक्राउ परेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाटाका मिट्ठु रानाको घर पछाडीको टहरामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुिचना अधिकारी प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए ।

पक्राउ पर्नेमा भीमदत्त–१९ का ४४ वर्षीय जयबहादुर महरा, ३५ वर्षीय दानी राना, ४३ वर्षीय हिरु राना, ३२ वर्षीय कैलास राना, बेदकोट–३ का ३० वर्षीय सागर बिष्ट र बेदकोट–१० का ३६ वर्षीय तिलक बैज रहेका छन् ।

यस्तै भीमदत्त–१४ का ३४ वर्षीय शेर बहादुर कुँवर, भीमदत्त–४ का ४२ वर्षीय प्रकाश भट्ट, भीमदत्त–१८ का ४३ वर्षीय ओमप्रकाश पनेरु र मेलौलि नगरपालिका–२ का ४२ वर्षीय प्रकाश चन्द रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई १ लाख ५४ हजार ४ सय रुपैँया र ४ गड्डी ताससहित पक्राउ गरेको हो ।

पक्राउ परेका सबैजनालाई नियन्त्रणमा लिई ५ दिन म्याद थप गरि अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार