Saturday, July 27, 2024

कञ्चनपुरमा असोज २९ देखि खुला भलिबल प्रतियोगिता हुँने

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा खुला भलिबल प्रतियोगिता हुँने भएको छ । भीमदत्त–१२ महाकाली तटिय क्षेत्रमा खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपाली सेनाको श्री नम्बर २५ बाहिनी अड्डा र कञ्चनपुर भलिबल संघको संयुक्त आयोजनामा खुला भलिबल प्रतियोगिता हुने भएको जनाईएको छ ।

कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्यामसिह मौनीले २९ असोजदेखि प्रथम खुला तथा भेट्रानविच पुरुष भलिभल प्रतियोगिता हुने बताए ।

अध्यक्ष मौनीका अनुसार खुला तर्फ २ हजार र भेट्रान तर्फ १ हजार रुपैया टिम दर्ता शुल्क निर्धारण गरिएको छ ।

खुला तर्फ प्रथम, द्वितिय र तृतियलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार, भेट्रान तर्फ पनि प्रथम, द्वितिय र तृतियलाई क्रमशः २५, १५ र १० हजार रुपैया पुरस्कार निर्धारण गरिएको आयोजकले जनाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार