दोधारा । दोधारा चाँदनी नगरपालिकामा वडा दशैको उपलक्ष्यमा जारी नगर स्तरिय फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।

दोधारा चाँदनी नगरपालिकाको वडा दशैको उपलक्ष्यमा लक्ष्मी माबिको प्रांगणमा जारी नगर स्तरिय फुटवल प्रतियोगिता आज सम्पन्न भएको छ ।

आजको महाकाली स्पार्टस क्लव र केएफसी बिरुद्धको फाईनल खेल १ को बिरुद्ध ३ गोल गरेर महाकाली स्पार्टस क्लव प्रतियोगिताको बिजय घोषणा भएको छ ।

प्रतियोगितामा प्रथम हुने महाकाली स्पार्टस क्लवलाई रु. १५ हजार नगद, ट्रफी, मेडल प्रदान गरिएको छ, भने, प्रतियोगितामा द्धितिय हुने केएफसीलाई रु. १० हजार नगद, ट्रफी, मेडल प्रदान गरिएको नगर स्तरिय फुटवल प्रतियोगिताका संयोजक टिकेन्द्र रावतले जानकारी दिएका छन् ।
९ दिन सम्म संचालन भएको नगर स्तरिय फुटवल प्रतियोगिता समापन सत्रमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका– ९ का वडाध्यक्ष गोपीलाल कडेंल, वडा सदस्य सन्दीप उपाध्याय, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरी लगाएत सामाजसेवी, सशस्त्र प्रहरी, खेलाडी तथा स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
प्रतियोगितामा दोधारा चाँदनी नगरपालिका क्षेत्रका आठ टिम सहभागिता रहेको छ । प्रतियोगितामा कमलशा फुटवल क्लव, कमलशा युथ क्लव, शिवनर स्र्पोट क्लव, युवा नेपाल, कमलशा फुटवल क्लव जुनियर, कमलशा फुटवल क्लव कञ्चनभोज, महाकाली स्र्पोट क्लव र न्यु एकता स्र्पोट क्लव प्रतियोगितामा सहभागी रहेको संयोजक टिकेन्द्र रावतले बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा फुटवल खेल्ने र हेर्नेहरुको क्रेज बढ्दो छ ।