Saturday, July 27, 2024

इजरायल घटनामा महेन्द्रनगरका विपिन बेपत्ताः खोजी गरिदिन परिवारको अनुरोध

प्रकाशित:

महेन्द्रनगर । इजरायल घटनामा परी बेपत्ता भएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको परिवारले उनको खोजिकार्य गरी उद्धार गरिदिन सरकार र दूतावाससँग अनुरोध गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरपालिका वडा नम्बर ३ घर भई कृषि विज्ञान विषयमा स्नातक तहको अध्ययन पश्चात् ११ महिनाको प्रयोगात्मक अभ्यासका लागि इजरायल गएका विपिनको अवस्था अहिलेसम्म अज्ञात छ ।

सरोकारवाला निकायसँग बुझ्दा अहिलेसम्म कुनै आधिकारिक जानकारी नपाएकोले यथाशीघ्र विपिनको अवस्था पत्ता लगाई उद्धार गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।

विपिनको घरपरिवार यति बेला भाव विह्वल भएको छ । घरका सबै सदस्य र छरछिमेकी तथा आफन्तजनको रुवाबासी भइरहेको छ ।

सिकाइसँगै कमाइ कार्यक्रमका लागि इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्काय स्नातक तह आठौँ सेमेस्टरका ४९ जना विद्यार्थीहरूलाई ६ वटा समूहमा विभाजन गरी अलग–अलग कृषि फार्ममा पठाइएको थियो ।

उनीहरूमध्ये १७ जना नेपाली विद्यार्थी समेत रहेको फार्ममा आक्रमण हुँदा महेन्द्रनगरका विपिन जोशीको अवस्था अज्ञात छ ।

ताजा समाचार

सम्बन्धित समाचार