२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

सुरक्षा निकायले नै आतंकित बनाएको महेन्द्रनगरका व्यापारीहरुको गुनासो, आन्दोलन थाल्ने चेतावनी

प्रकाशित:

Advertisements

-महेन्द्रनगर । कञ्चनपुरका उद्योगी व्यवसायीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय कञचनपुरले बजारमा छापा हान्दैै अबैध सामानहरु पक्राउ गर्न थालेपछि व्यवसायीहरुले सुरक्षा निकाय बाटै आतंकित भएको भन्दै शसक्त आन्दोलन गर्ने बताएका छन् ।

प्रहरीले व्यवसायीका गोदाममा छापा हानेर आतंक मच्चाएको भन्दै उद्यमी व्यवसायीले आक्रोश पोखेका छन् ।

कञ्चनपुर उद्योग बाणिज्य संघमा भएको कार्यक्रममा उनीहरुले शान्ति सुरक्षा दिने निकायका कारण व्यवसायी आतंकित भएको भन्दै सरकार विरुद्ध सशक्त आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

कार्यक्रममा सहभागीहरुले प्रहरीले क्षेत्राधिकार मिचेर व्यवसायीका गोदाममा छापा हानेर समान बरामद गर्दै आएकाले स्थानीय प्रशासासित छलफल गरी समस्या समाधान खोजिने र नभए व्यवसाय बन्द गरी आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

छलफलमा सहभागी केही व्यवसायीले केही दिनदेखि प्रहरीहरु पसल वरिपरि रात दिन बस्दै आएको गुनासो गरे । उनीहरुले भन्सार काटेर ल्याएको समान समेत बरामद गरी लगेको दुखेसो गरेका छन् ।

कञ्चनपुर उद्योग बाणिज्य संघ कार्य वाहक अध्यक्ष दिनेश मल्लको अध्यक्षतामा गरिएका कार्यक्रममा व्यवसायीले भोग्नु परेका समस्या सहित समसामयिक विषयमा छलफल गरिएको छ ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार