Saturday, July 27, 2024

बालिकासँगको प्रेमको कारण अजिमको हत्याः पोखरीमा प्लास्टिकको बोरामा सडेको अवस्थामा शव फेला

प्रकाशित:

जनकपुरधाम । सप्तरीको खडक नगरपालिका ११ बनौलीमा प्रहरी सर्चअप्रेसन गरि पोखरीमा फेला परेको शव बेपत्ता युवक १८ वर्षीय मोहम्मद अजिम मुद्दिनको रहेको पुष्टि भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिबार बिहान गाउँकै पोखरीमा दुईवटा प्लास्टिकको बोरामा सडेको अवस्थामा फेला परेको शव युवक अजिमकै रहेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपालेने बताए । अजिम गाउँकै मोहम्मद समिउल्लाका छोरा हुन् ।

प्रहरी स्रोतका अनुसार अजिमको एक बालिकासँगको प्रेम सम्बन्धका कारण उनको हत्या भएको खुलेको छ ।
भदौ २१ गते कृष्णाष्टीमीको दिन गाउँमै लागेको मेला हेर्न अजिम दिउँसो घरबाट निस्केका थिए ।

साँझ ६ जना साथीसित मेला हेरेर रमाइलो गरे । चार जना साथी घर फर्किए । रात परेपछि अजिमसँगै रहेका अर्का साथीले घर फर्किन आग्रह गरे ।

तर अजिमले आफू प्रेमिका भटेर आउने भन्दै ती साथीलाई घर फर्किन भनेका थिए । तर उनी बेपत्ता भए । घरपरिवार राति र भोलिपल्ट खोजे । तर फेला परेनन् । तेस्रो दिन प्रहरीलाई जानकारी गराए ।

प्रहरी लामोसमय सम्म खोजे । तर पत्तो लागेन । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार अन्तमा मेलाबाट छुटेका साथीको क्लुबाट अनुसन्धान थालेपछि प्रहरीले उनको हत्या भएको निष्कर्ष निकाले । त्यसपछि शंकास्पद व्यक्ति पक्राउ गरे ।

तर उनीहरूले भारततर्फ घुमफिर गर्न गएको हुन सक्छ भनेर संलग्नता अस्वीकार गरिरहे । अन्तमा शव पोखरीमै कतै हत्या गरेर लुकाएको निष्कर्षसहित प्रहरीले गाउँको तीनवटा पोखरीमा शुक्रबार सर्च अप्रेसन गरेको थियो । त्यही क्रममा शुक्रबार साँझ एउटा पोखरीमा ट्याक्टरको रिंग भेटियो ।

रिंग फेला परेपछि पोखरी सुकाउन थालियो । त्यसपछि एउटा बोरा फेला प¥यो । साँझ परेपछि छाडियो । भोलिपल्ट शनिबार बिहान थप खोजेपछि रिंगको तल दुईवटा बोरामा सिमेन्टको पिलरमा बाँधेर शव राखिएको भेटिएको प्रहरीको भनाइ छ ।

टुक्रा गरेर शव बोरामा राखेको र सडेकाले पोस्टमार्टमका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।युवकको बीभत्स तरिकाले हत्या गरेको र घटना नखुलोस् भनेर लुकाउने प्रयास भएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ हत्यामा संलग्न भएको आरोमा बालिकाकी आमा बिना यादव, काका ३४ वर्षीय रामप्रगास यादव, छिमेक ३५ वर्षीय डम्बरनारायण साह, ४० वर्षीय छोटेलाल भन्ने धर्मेन्द्र साह र रामप्रगास मुखिया छन् । थप संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

‘हत्यामा संलग्न पाँचजनालाई पक्राउ गरिएको छ । थप अनुसन्धान हुँदैछ । आज दिउँसो प्रेस रिलिज गरेर घटनाको विस्तृत जानकारी दिन्छौं’, डीएसपी न्यौपानेले भने ।

हत्यामा संलग्न आरोपी प्रगास मुखिया यसअघि हातहतियार खरखाजा र शरीरबन्धक मुद्दामा पक्राउ परेर कारबाही भोगेको खुलेको प्रहरी स्रोतले बताएको छ । बालिकाको बुबाको मृत्यु भइसकेको छ ।

प्रहरी स्रोतका अनुसार हत्या भएका अजिम गाउँकै हिरा फेकनी निम्न माध्यमिक विद्यालय, बनौलीमा पढ्थे ।

उनले एसईई दिएका थिए । त्यही विद्यालयमा कक्षा ८ मा पढ्ने बालिकासँग चार महिनादेखि अजिमको प्रेम परेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार