बैतडी । बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।
जिल्लाको दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ बर्षिया सुमिता बिष्टको शनिबार भीरबाट लडेर मृत्यु भएको हो।
दिउँसो ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर सुमिताको ज्यान गएको स्थानीयले बताएका छन्।
भीरबाट लडेर किशोरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
किशोरी श्रीपन्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत थिइन् ।