गड्डाचौकी नाकाबाट सुरक्षाकर्मी र भन्सारकै कर्मचारीको सेटिङमा यसरी हुन्छ भन्सारी छली !

प्रकाशित:

-ऐश्वर्या कुवँर ।
१२ असोज, महेन्द्रनगर । कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा तस्करी मौलाएको छ । सीमामा शसस्त्र प्रहरी र भन्सार कर्मचारीको गहिरो साटघाटमा तस्करी मौलाउँदै गएको स्थानियहरुको आरोप छ ।

खुला सीमानाकाको कारण देखाउदै शसस्त्र प्रहरी, भन्सार कर्मचारी तथा सम्बन्धित निकायले तस्करी मौलाउनुमा आफुहरुको मिलेमतो नरहेको भन्दै जिम्मेवारीबाट पन्छीने काम गर्दै आईरहेका छन् ।

एक सय २९ं.५ किलोमिटर खुला सीमाना रहेको कञ्चनपुरमा सशस्त्र प्रहरीका २३ वटा चेकजाँच बिओपी रहेका छन् । नेपाल प्रहरीका ६ प्रहरी चौकी र ३ ईलाका प्रहरी कार्यालय सीमानामा छन् ।

गड्डाचौकी देखि महेन्द्रनगर बजारको दुरी जम्मा ६ किलोमिटर रहेकोको छ । गड्डाचौकी देखि बजारको ६ किलोमिटरको दुरीमा ८ देखि १० ठाउँमा प्रहरी र सशस्त्र प्रहरीको मर्जी अनुसार चेकजाँच हुन्छ । यद्यपी भन्सार बिनानै सशस्त्र प्रहरी र भन्सार कर्मचारीको मिलेमतोमा तस्करी मौलाउँदै गईरहेको स्थानियहरु बताउछन् ।

सीमानाकाबाट हुँने चोरी तस्करी नियन्त्रणका लागि खटाईएको सशस्त्र प्रहरीलाई सीमा नाकामा राख्नु भनेकै बिरालोलाई दुधको साँची राख्नु जस्तै भएको गड्डाचौकीका एक जना व्यापारीले भने ।

स्थानियका अनुसार भारतबाट साईकल तथा मोटरसाईकलमा क्यारिङ्ग गर्ने मानिसहरुबाट ब्यारियलमा खटिएका सशस्त्र प्रहरी र भन्सारका कर्मचारीहरुले पैसा उठाउँदै छोड्ने गरिएको छ ।

भारतीय बजार बनबासाबाट दैनिक ४–५ सयको सख्यामा गड्डाचौकी हुदै साईकल तथा मोटरसाईलमा भन्सार जाचँपास नगरी महेन्द्रनगर बजार भित्रिने गरेको देख्न पाइन्छ ।

भारतबाट गड्डाचौकी ब्यारियलहुँदै समान क्यारिङ गर्ने साईकल प्रयोगकर्ताहरुबाट प्रति साईकल एक सय देखि एक सय पचास र मोटरसाईकलमा तरकारी तथा अन्य व्यापारिक प्रयोजनका लागि सामान क्यारिङ गर्नेहरुबाट तीन सय देखि पाँच सय सम्म पैँसा लिएर छोड्ने गरेको स्रोतको दाबि छ ।

स्रोतका अनुसार सधै जसो भन्सार तिरेर जाने क्यारिङ गर्ने महिलाहरुलाई पनि सशस्त्र प्रहरी र भन्सारका कर्मचारीहरुले आफुहरु मिलाईलिने भन्दै चोर बाटो अपनाउने सल्लाह दिदै चोरी तस्करीमा मिलेमतो गर्ने गरेको स्रोतको दाबि छ ।

गड्डाचौकीमा सीमा सुरक्षाको लागि खटिएका सशस्त्र प्रहरी र भन्सार कर्मचारीले पैशा खाएर छोडेका मोटरसाईकल तथा साईकलहरुलाई जिल्ला प्रहरी कार्यालयलेको घुमुवा टोलीले नियन्त्रणमा लिने गरेको पाइन्छ ।

पछिल्लो समय कञ्चनपुरमा सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले पैसा असुलेर समान छाड्ने गरेको र छोडेको समान बजार नपुग्दै फेरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरि भन्सार पुर्याउने गतिबिधी बढेको पाइन्छ ।

बिहिबार गड्डाचौकीमा खटिएका कञ्चनपुर भन्सार कार्यालयका कर्मचारी गणेश धामी, कृष्णनन्द बडु, चन्द्र ऐर, दिलबहादुर महरा, र सशस्त्र प्रहरी बिओपी गड्डाचौकीका सई खेम पन्त लगाएतको ७ जनाको टोलीले ब्यारियल बाट पैसा असुलेर छोडेका सरसमान सुकासालमा जिल्ला प्रहरी कार्यालयको टोलिले नियन्त्रणमा लिएको स्रोतले बताएको छ ।

ब्यारियलबाट समान छोड्न नहुँने भन्दै कर्मचारीलाई जति निर्देशन गरपेनि उक्त टोलीले अटेरी गरेर समान छाड्ने गरेको कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत तेज बहादुर रावलले बताए । अधिकृत रावलले गडा्चौकीको ब्यारियलमा खटिने सशस्त्र प्रहरी र भन्सार कर्मचारीको डिउटीलाई कटौती गर्नु पर्ने प्रतिक्रिया दिएका छन् ।

सशस्त्र प्रहरीले भारतबाट चोरी तस्करी गरेर नेपाल भित्रिने तस्कर समुहलाई पक्राउ गरेर लाखौ राजश्व छलि हुनबाट जोगाउने काम भइरहेको बिओपी गड्डाचौकीका प्रवक्ता सुदर्शन आचार्यले बताए ।

आचार्यले सीमा नाकामा चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी काम गर्दा गर्दै सशस्त्र प्रहरीलाई जनताको नजरमा गिराउन नेपाल प्रहरीले बिचमा तगारो हाल्ने गरेको तर्क गरे । ‘ब्यारियलबाट छोडेको समान आज प्रहरीले पक्राउ ग¥यो । भोली हाम्रो पालो पनि आउने छ ।’ उनले भने ।

 

ताजा समाचार

सम्बन्धित समाचार