Saturday, July 27, 2024

अभिनेता अनमोल केसी पक्राउ

प्रकाशित:

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ । केसीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले बताए ।

फिल्म ‘रावायण’ अभिनयका लागि दश लाख रुपैयाँ लिएको र फिल्म खेल्न आनाकानी गर्दै आएपछि निर्माण युनिटले उनीविरुद्ध ठगीको उजुरी प्रहरीमा दिएको हो । उक्त उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनका कारणले निर्माण युनिटले अहिलेसम्म करिब डेढ करोड खर्च गरिसकेको बताइन्छ ।

निर्माण युनिटको उजुरीपछि प्रहरीले छलफलमा बोलाउँदा सकेको गर्नुस् भनेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसअघि पनि २०७६ फागुनमा महानगरीय प्रहरी परिसर काठमाडौँमा उनीविरुद्ध ठगी गरेको उजुरी परेको थियो । फिल्मस् नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म ‘धूपौरे’ खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध जाहेरी दिएका थिए ।अनमोलका पिता भुवनले निर्मातासँगको छलफलमा केस मिलाएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार