Saturday, July 27, 2024

अरुको ज्यान जोगाउने स्वास्थ्यकर्मीको ज्यान कस्ले जोगाउँछ

प्रकाशित:

महेन्द्रनगर । अरुको ज्यान जोगाउने स्वास्थ्यकर्मीले अहिले आफनै ज्यान जोगाउन हारगुहार गर्नु परेको छ । पछिल्लो समय देशका बिभिन्न अस्पतालहरुमा स्वास्थ्यकर्मीहरु माथी दुव्र्यवहार गर्ने, हातपात गर्ने, गालीगलौचका घटना बढदै गईरहेपछि स्वास्थ्यकर्मीहरु अहिले आफुलाई असुरक्षित महसुस गरिहेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कञ्चनपुरका स्वास्थ्यकर्मीहरुले पनि आफुहरु पनि असुरक्षित भएको महसुस गर्दे आफनो जिउधनको सुरक्षाको लागी सुरक्षाकर्मीको माग गरेका छन् । बिहिवार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै उनिहरुले पछिल्लो समय देशैभरमा स्वास्थ्यकर्मीहरु माथी भईरहेको दुव्र्यवहार, अनैतिक कार्य गर्ने, हातहाल्ने सम्मका घटना बढेपछि आफुहरु पनि असुरक्षित रहेको भन्दै उनिहरुले सुरक्षाको माग गरेका हुन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई भेटेर एक ज्ञापन पत्र बुँझाउँदै उनिहरुले महाकाली प्रादेशिक अस्पतालमा सुरक्षाकर्मी बढाईदिन आग्रह गरे, विगतका दिनहरुमा पनि अस्पतालमा चिकित्सक माथी दुव्र्यवहार भएको र अहिले देशका बिभिन्न अस्पतालमा स्वास्थ्यकर्मी माथी हातपात गर्ने घटना बढी रहेको भएर आफुहरु पनि असुरक्षित महसुस गरिरहेको तथा भय र त्रासको वातावरणमा चिकित्सकहरुले अरुको ज्यान जोगाउनु पर्ने अवस्था आएको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।

महाकाली प्रादेशिक अस्पतालका ईएनटी विषेसज्ञ डाक्टर एवम नेपाल चिकित्सक संघ सुदूरपश्चिम अध्यक्ष डाक्टर प्रशान्त भट्टले पछिल्लो समय लगातार स्वास्थ्यकर्मीहरु माथी भएको घटनालाई लिएर आफुहरु पनि असुरक्षित रहेको बताए । उनले प्रमुख जिल्ला अधिकारलिाई भेटेर महाकाली अस्पतालमा पनि बर्दीसहितका सुरक्षाकर्मीहरु खटाई दिन आग्रह गरेको बताए ।

साथै उनले हेटौडा, बुटवल, लमजुङ, मणिपाल कलेज पोखरा, चितवन, पाटन लगायत अस्पतालहरुमा चिकित्सक, स्वास्थ्यकर्मीहरु माथी भएको साघांतिक आक्रमण गरी घाईते बनाई स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई आतंकित बनाई शान्तीपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाहमा खलल पुय्राउने प्रयास प्रती आफुहरुको घोर बिरोध रहेको उनले बताए । उनले अस्पताललाई नै तोडफोड गर्ने, स्वास्थ्य संस्थाअत्यन्तै अस्वभाविक अनियन्त्रित हुलहुज्जतले स्वास्थ्य सेवा प्रवाहमा असर पर्ने र अरु बिरामीहरु मारमा पर्ने बताए ।

यस्तै महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डाक्टर अर्जुन भट्टले बिरामी पक्ष र डाक्टर पक्ष दुश्मन होइनन् । दुवै पक्षले मिलेर बिरामीको हितका लागि मरिमेट्ने हो । दुवैले संयमता अपनाउन जरुरी छ । कसैको ज्यान जोगाउन पाउनु, पीडामा भएकालाई पीडामुक्त गर्न सक्नु ठूलै शौभाग्य हो भन्ने लाग्थ्यो ।

तर अहिले आफै असुरक्षित हुँदा मन दुखेको बताए । यस्तै, मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरका मेडिकल डाईरेक्टर डाक्टर गोविन्द रोकायाले कानुन फितलो भएर चिकित्सक माथी दुव्र्यवहार हुने कुटपिट बढेको बताए । सरकारले लागु गरेको ऐन कानुनलाई पालना गरेर सबैलाई कारवाही गर्नुपर्ने उनले बताए ।

उनले यस्ता दोषीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था संस्थाको सरक्षा सम्बन्धी ऐन २०६६ र पहिलो संसोधन ऐन २०७९ कमोजिम कानुनी कारवाही हुनुपर्ने बताए । ऐन कानुन बनेपनि लागु नभएको अवस्थामा चिकित्सक माथी दुव्र्यवहार बढेको र स्वास्थ्यकर्मीहरु दरबन्दी कम भएर कम चिकित्सकले धेरै बिरामी हर्नुपर्ने जस्ले गर्दा बिरामी हेर्न समय मिलाउन समस्या हुने भएकाले यी विष्गयलाई गम्भिरताका साथ हेरिनु पर्ने लगायतका समस्याको समाधान हुनुपर्ने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार