Saturday, July 27, 2024

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर द्धारा बजार अनुगमन

प्रकाशित:

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुगमन थालेको छ कार्यालयले नजिकिदै गरेको चाडपर्व दशै,तिहारलाई मध्यनजर गर्दै अनुगमन थालेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आईतबार, र सोमबार २ दिन गरी अनुगमन टोलीले महेन्द्रनगर बजारमा रहेका किराना पसल,रेष्टुरेन्ट,होटेल,मिठाई पसल,चाउमीन यद्योग,खाध्य भन्डार,नास्ता पसलहरुमा अनुगमन गरेको हो । जिल्ला प्रशासन कार्यालय प्रशासकिय अधिकृत सरिता पन्थीको नेतृत्वमा रहेको टोलीले बजार अनुगमन गरेको थियो ।

प्रशासकीय प्रमुख पन्थीका अनुसार बजार अनुगमन गर्दा कर नतिरेका,रेष्टुरेन्ट ।दर्ता विनानै संचालनमा रहेका मिठाई पसलहरु तथा होटेल ,रेष्टुरेन्टहरुमा फोहोर ब्यावस्थापन नरहेको बताईन् । यसरी संचालनमा रहेका पसलहरुलाई केहि दिनको समय दिई सचेत गराईएको प्रशासकीय अधिकृत पन्थीले बताएकी छन् ।

अनुगमनको क्रममा बसपार्क अगाडि रहेको पाठक दुध,दहि खरीद विक्रि पसल,लामा नास्ता पसल,न्यु अपि भण्डार,के.पि किराना स्टोर,न्यु भाट किराना पुल,न्यु सुभम खाद्य स्टोर,न्यु हेमन्त किराना पसल,ओपेरा होटल प्रा.ली,कञ्चन सेकुवा पसल एन्ड रेष्टुरेन्ट, ५ ननम्बर गल्लीमा रहेको आगन डेरी लगाएतका पसलहरुमा व्यावसाय अनुमतिपत्र नलिई संचालनमा रहेको ,ग्राहकले देखिने गररी मुल्यसुची नराखेको, पसलमा बोर्ड नराखेको, पसलमा म्याद राखेका सामान,लिकेज ब्रेकज सामान लगाएतका समस्या देखिएको थियो ।

अनुगमनमा जिल्ला प्रहरी कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढिका सरोज पौडेल,जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका देवराज कोली, र नेपाल पत्रकार महासंघ लगाएतका प्रतिनिधिहरुको सहभागिता

ताजा समाचार

सम्बन्धित समाचार