Saturday, July 27, 2024

बझाङमा खुकुरी प्रहार गरी ६० वर्षिय बृद्धको हत्या

प्रकाशित:

बझाङ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७मा एक जनाको हत्या भएको छ। छबिसपाथिभेरा–७ घट्टेमा ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी करिब ६० वर्षीय जैलु मण्डेलको हत्या गरेका हुन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजेतिर जैलुको हत्या गरी बिजुली फरार भएका हुन् ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरी निरीक्षक चौधरीका अनुसार आरोपीको खोजी भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार