Saturday, July 27, 2024

‘ग्याङ फाइट’ मा छुरा प्रहारगरी एक युवकको हत्या

प्रकाशित:

काठमाडौं । रौतहटमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्लाको कटहरिया नगरपालिका–५ मा आपसी विवादमा छुरा प्रहार हुँदा २५ वर्षीय सुनिल राय यादवको ज्यान गएको हो ।

खानेपानी कार्यालय नजिक शुक्रबार साँझ साढे ७ बजेतिर सुनील यादवका दाजुभाइ र स्थानीय बद्री साह सोनार र किसन साहबीच विवाद भएको थियो ।

यसक्रममा बद्री र किसनको छुरा प्रहारबाट यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहारपछि भुइँमा लडेर अचेत भएका उनलाई स्थानीयले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया पु¥याएका थिए ।

लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न२५ वर्षीय बद्री र २३ वर्षीय किसनलाई नियन्त्रणमा लिएको छ ।

मृतक यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनालले बताए ।

दुवै परिवारका बालकबीच शुक्रबार खेल्ने क्रममा भएको सामान्य झगडाको विषयमा भनाभन हुँदा झडप भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार