Saturday, July 27, 2024

सर्लाहीको मलंगवामा आइतबार बिहान ८ बजे सम्मका लागि कर्फ्यु

प्रकाशित:

सर्लाही । जिल्ला सदरमुकाम मलंगवामा दुई पक्षबीच झडप हुने सम्भावना बढेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिबार (आज) साँझ ५ बजेदेखि (भोलि) आइतबार बिहान ८ बजेसम्म सदरमुकाम मलंगवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए।

शुक्रबार बेलुका कृष्ण जन्माअष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा शुक्रबार बेलुका दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्र अशान्त बन्दै गएको छ। स्थिति नियन्त्रण बाहिर जाने स्थिति देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यु आदेश जारी गरिएको प्रजिअ यादवले जानकारी दिए।

हिजो २२ गते शुक्रबार राती मुर्ति सेलाउने क्रममा भएको विवाद सम्बन्धी विषयलाई लिएर साबिक मलंगवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोलेञ कर्फ्यु आदेशमा भनिएको छ, झपुरानो मलंगवा नगरक्षेत्र ९पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टरपेट्रोल पम्म सीमा क्षेत्र० भित्र आज बेलुका ५स्०० बजे देखी भोलि बिहान ८स्०० बजे सम्म कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एवं अरू कुनै प्रकारको उत्श्रृंखल क्रियाकलाप गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० ९१० ९३० बमोजिम देहायको क्षेत्रहरुमा कर्फ्यु आदेश जारी गरिएको छ।

यो आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाही समेत गर्न सक्नेछ।

कर्फ्यु आदेशको उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले गोली प्रहार गर्नेसम्मको अधिकार प्रत्यायोजन गरिएको एक सुरक्षा अधिकारीले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार