Saturday, July 27, 2024

संरचना निरीक्षणमा गएको अख्तियारको टोलीमाथि मुक्का प्रहार !

प्रकाशित:

सुर्खेत । वडा कार्यालयको भवन निरीक्षण गर्न गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि जाजरकोटको भेरी नगरपालिकामा आक्रमण भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भेरी नगरपालिका–५ को निर्माणाधीन वडा कार्यालयको भवन निरीक्षण गर्न गएको टोलीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

आक्रमणमा परेर १ जना घाइते भएका छन् । अख्तियारबाट ५ जनाको टोली निरीक्षणका लागि जाजरकोट गएको र आक्रमण हुँदा चालक मानबहादुर ठाडा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोक्काले जानकारी दिए ।

गाडी चालकलाई मुक्का हानेर घाइते बनाइएको छ । घाइते चालकको स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले वीरेन्द्र चन्द, किरण शाही, चक्रबहादुर मल्ललाई पक्राउ गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार