Saturday, July 27, 2024

अछामको एक कार्यालयका सब इन्जिनियर लागु औषध सहित कञ्चनपुरबाट पक्राउ

प्रकाशित:

महेन्द्रनगर । सडक डिभिजन कार्यालय अछाममा कार्यरत सब इन्जिनियर लागु औषध सहित पक्राउ परेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिवार कञ्चनपुरको बेलौरीबाट सब इन्जिनियर हरिस रेग्मी लागु औषध सहित पक्राउ परेका हुन् ।

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१० सडकघाटबाट ९ दशमलव ४२ ग्राम लागु औषध सहित सब इन्जिनियर रेग्मी पक्राउ परेका हुन् । २५ वर्षका रेग्मी उनी बेलौरी–३ का स्थाी बासिन्दा हुन् ।

प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले शँका लागि चेकजाँच गर्दा उनको साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ ब्राउन सुगर फेला परेको कञ्चनपुर प्रहरीले बताएको छ ।

पक्राउ परेका रेग्मी सवार सु प्र प्र ०३००१ प ०४५६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार