Saturday, July 27, 2024

सुदूरपश्चिमको पहिचान डेउडा खेललाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छः मन्त्री साउँद

प्रकाशित:

धनगढी । सुदूरपश्चिमप्रदेश सरकारका सामाजिकविकास मन्त्री झपट साउदले देउडा संस्कृति सुदूरपश्चिमको पहिचानभएको बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनले देउडालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यकभएको समेत बताए ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचानले कैलालीमाआयोजना गरेको देउडा कार्यक्रममाबोल्दै मन्त्री साउदले सांस्कृतिक एकता नभएसम्म बलियो राज्य बन्न नसक्ने बताउँदै मन्त्री साउदले भने, “देउडा सुदूरपश्चिमको पहिचानहो, यो राष्ट्रियकरण भइसकेको छ । प्रधानमन्त्रीज्यूले गौरालाई राष्ट्रिय चाडको रुपमामनाउने सरकारले निर्णय गर्ने प्रतिवद्धता जनाइसक्नुभएको छ । अब अन्तर्राष्ट्रियकरण गर्नुपर्छ ।”

सुदूरपश्चिममा फरकफरक संस्कृतिभएपनि एक अर्कालाई सम्मानगरिरहेको बताए । पहाड र तराईमा फरकफरक संस्कृतिभएको भएपनिएकले अर्कालाई सम्मानगरिरहेको बताए ।

मन्त्री साउदले संस्कृतिबलियो भएमात्रै राज्यबलियो हुने भन्दै भने, “यहाँ फरकफरक संस्कृति छ, पहाडले तराईको संस्कृतिलाई सम्मान गरेको छ । तराईले पहाडको संस्कृतिको सम्मान गरेको छ । यहीहो, हाम्रो पहिचान ।संस्कृतिबलियो भएमात्रै राज्यबलियो हुन्छ ।”

सुदूरपश्चिमप्रदेशमाहिमाल, पहाड र तराईमा फरकफरक संस्कृतिभएपनिबलियो एकताभएको समेत बताए । “हिमालतथा पहाड र तराईमा रहनसहन र संस्कार र संस्कृति फरक छ तर बलियो एकता छ । यो नै हाम्रो पहिचानहो” मन्त्रीले भने । उनले सांस्कृतिकएकताखलबलिए समाज नै तहसनहस हुने बताए ।

कार्यक्रममाबोल्दै मन्त्री साउदले विश्वभर छरिएर रहेका नेपालीमाझ देउडा संस्कृति पुर्याउने पर्नेमाजोड दिए । उनले प्रदेश सरकारले सबै समुदायका चाड पर्व तथा संस्कृतिलाई सम्मानगर्दै समान संरक्षण सम्वर्धन गर्ने प्रतिवद्धता समेत जनाए ।

ताजा समाचार

सम्बन्धित समाचार