Saturday, July 27, 2024

कैलालीमा ११ वर्षीय बालकमाथि हँसिया प्रहार

प्रकाशित:

महेन्द्रनगर । कैलालीको लम्कीचुहामा एक बालक माथि हँसिया प्रहार भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कैलालीको लम्की चुहा–४ का प्रेमबहादुर विष्टले ११ वर्षीय बालक धिरेन्द्र थापालाई हँसिया प्रहार गरेका हुन् ।

विष्टको मानसिक अवस्था ठिक नरहेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार भीमबहादुर थापाका ११ वर्षीय धिरेन्द्रलाई ४५ वर्षीय विष्टले हँसिया प्रहार गरेका छन् ।

बाललाई चोट लागेको छ । उनको लालरत्न अस्पताल लम्कीमा उपचार हुँदैछ ।

विष्टलाई इलाका प्रहरी कार्यालय, लम्कीले नियन्त्रणमा लिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार