सेती नदीमा बगेर अढाई वर्षिय बालक बेपत्ता

प्रकाशित:

डोटी । डोटीको सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् ।

डोटीको शिखर नगरपालिका–११ सिमारका प्रकाश नेपालीका अढाइ वर्षीय छोरा रेन्जर नेपाली नदीमा बगेर बेपत्ता भएका हुन् ।

शुक्रवार हिजो दिउँसो नदीमा लुगा धुन फुपूसँगै गएका रेञ्जर बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिनुभयो ।

बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार