Saturday, July 27, 2024

दार्चुलामा गौरा हेर्न गएका युवक माथि निर्घात कुटपिट, पूर्वमेयरको संलग्नता रहेको पिडितको आरोप

प्रकाशित:

दार्चुला । दार्चुलामा गौरापर्व हेर्न पुगेका एक युवक माथि निर्घात कुटपिट भएको छ । दार्चुलाको मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका २१ वर्षीय दिनेशसिंह धामीमाथि निर्घात कुटपिट गरिएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मालिकार्जुन मन्दिर नजिकैको चैतलीचोर बजारमा खाजा खाएर होटलबाट बाहिर निस्किने क्रममा धामीले ८÷१० जनाको समूहका आएका व्यक्तिहरुले निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट धामीको टाउको, अनुहार लगायतका विभिन्न भागमा चोट लागेको छ ।

उक्त घटनामा शैल्यशिखर नगरपालिकाका पुर्व मेयर अमरसिंह धामीको संलग्नता रहेको पीडीतको आरोप छ । पूर्व मेयर धामीले आफ्ना मान्छेहरु प्रयोग गरेर कुटपिट गराएको स्थानीयले आरोप लगाए ।

कुटपिटमा संलनहरु पूर्व मेयरकै गाडीमा आएमा थिए । र कुटपिटपछि उनकै गाडीबाट भागेको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ ।

घटनास्थलमा उपस्थित अन्य महिलाहरूले होहल्ला गरेका थिए । त्यसपछि उनी त्यहाँबाट भागेर ज्यान जोगाउन सफल भएका थिए । टाउकोमा गम्भीर चोट लागेर गम्भीर घाइते भएका दिनेशलाई थप उपचारको लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

पिडितका आफन्तहरुले सुरक्षामा खटिएको प्रहरीले नै आक्रमणमा संलग्नलाई भगाएको आरोप लगाएका छन् ।

राको सुरक्षाको जिम्मा लिएका ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्स्पेक्टर मान सिंह ऐरीले आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरि कारबाही गर्नुको साटो पूर्व मेयर धामीको गाडीमा राखेर भगाउन सहयोग गरेको पीडितका आफन्तको भनाई छ ।

ताजा समाचार

सम्बन्धित समाचार