Saturday, July 27, 2024

महेन्द्र यादवमाथि खुकुरी प्रहारको विरोधमा तरूण दलको प्रदर्शन

प्रकाशित:

काठमाडौं । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहारको विरोध गर्दै तरूण दलले प्रदर्शन गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

रत्नपार्कको शान्तिबाटिकामा आज दिउँसो तरूण दलले प्रदर्शन र विरोध ¥याली निकालेको हो ।

विरोध सभामा तरूण दलका अध्यक्ष विद्वान गुरूङले यस घटनामा गृहमन्त्रीले राजीनामा गर्नुपर्ने बताएका छन् ।

सहमहामन्त्री यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा नुवाकोट घर भई बालाजु बस्दै आएका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए । यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट छ ।

घटनाको विरोध गर्दै तरूणदलका अध्यक्ष गुरूङले सोही दिन गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार