Saturday, July 27, 2024

बैतडीमा यसरी ज्यानको बाजी लगाएर विद्यालय जान्छन विद्यार्थी

प्रकाशित:

बैतडी । बैतडीको न्वाघरीगाडमा पुल नहुँदा आवतजावतमा समस्या भएको छ । सिगासमा गाउँपालिकामा पर्ने सो गाडमा पुल नहुँदा नागरिकहरुलाई आवतजावत गर्न निकै समस्या भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गाडमा पुल नभएका कारण सिगास ७, साङडा र थलार गाउँका विद्यार्थीहरु ज्यानको बाजी लगाएर विद्यालय जाने गरेका छन् ।

सिगास–७, साङडा र थलार गाउँमा कक्षा ३ सम्मको मात्र विद्यालय भएकाले माथिल्लो कक्षा पढ्न यहाँका ४० भन्दा बढी विद्यार्थी न्वाघरी नदी तरेर करिब एक घण्टाको दूरीमा रहेको सिगास ६ मा रहेको गणेश माविमा धाउँदै आइरहेका छन् ।

विद्यार्थीलाई सोही गाउँकी शिक्षिका लक्ष्मी चन्दले नदी तराएर गणेश मावि लैजाने र ल्याउने काम गर्दै आउनुभएको छ । पुलका लागि पटक–पटक माग गरे पनि दुर्गममा बस्नेको कुरा कसैले नसुनेको शिक्षिका चन्दले बताइन् । न्वाघरीगाडमा बगेर तीन जनाको मृत्यु भइसकेको छ ।

२०३२ सालमा स्वीकृति पाएको गणेश माविमा हाल १५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक कालुसिंह साउदले बताए ।

४० जना विद्यार्थी सधैँ नदी तरेर विद्यालय आउनेगरेको उनले बताए । पुलका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारका जनप्रतिनिधिसँग माग गरे पनि कुनै सुनुवाइ नभएको नागरिकहरुको गुनासो छ ।

बैतडीको सिगास गाउँपालिका अहिलेसम्म यातायातसँग जोडिन सकेको छैन ।

बर्सेनि यहाँ न्वाघरीगाड र सेती नदीको बाढीले घरखेत र हिँडने बाटो बगाउने गरेको छ । बाढीले बैतडीको सिगास गाउँपालिका ७ भौनेलीपातलदेखि डोटीको आदर्श गाउँपालिका६ पाङ बबिना जोड्ने पुल बगाएपछि अहिले यहाँका स्थानीय समस्यामा परेका छन् ।

डोटीको आदर्श गाउँपालिकासम्म यातायात पुगेकाले दैनिक उपभोग्य वस्तु किन्न पनि जोखिम मोलेर नदी तर्नु पर्ने बाध्यता रहेको स्थानीय भीमबहादुर चन्दले बताए ।

न्वाघरी गाडामा पुल निर्माण गर्न स्थानीय सरकारको अगुवाइमा सङ्घ प्रदेश सरकारले सर्वेक्षण गरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार