Saturday, July 27, 2024

दोधाराचाँदनीमा विरामीको उपचार गर्दै डा। गोविन्द केसी

प्रकाशित:

महेन्द्रनगर । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाशपछि पनि डा। गोविन्द केसीले बिरामीको सेवामा आफ्नो सक्रियतालाई निरन्तरता दिएका छन् ।कुनै समय भौगोलिक रूपले विकट रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पुगेर डा। केसीले विगत तीन दिनयता निःशुल्क स्वास्थ्य सेवा दिइरहेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महाकाली नदीपारिको नगरपालिकामा अझै स्वास्थ्य सेवा सुलभ हुन नसकेका बेला डा। केसी स्थानीयस्तरमै सेवा दिन आएको खबरले सेवा लिनेहरूको भीड लागेको छ ।दोधारा चाँदनी अस्पतालबाट सेवा दिन थालेका डा। केसीले पहिलो दिन एक सय ८४ जनाको स्वास्थ्य जाँच गरेको अस्पतालका अध्यक्ष एवम् नगर प्रवक्ता ओम बस्नेतले जानकारी दिए । हाडजोर्नीका बिरामीलाई जाँच गरिहेका डा। केसीलाई अस्पतालका अन्य चिकित्सकले पनि साथ दिएको अध्यक्ष बस्नेतको भनाइ छ ।

बस्नेतले भने, “डा। केसी आएको खबरले स्वास्थ्य जाँचका लागि आउनेहरूको संख्या निकै बढेको छ ।” आउनुअघि अस्पतालसित समन्वय भएको जनाउँदै बस्नेतले अस्पतालको आग्रहले उनी सेवा दिन दोधारा चाँदनी पुगेका बताए । “डा। केसी बिहान ८ देखि बेलुकी ६ बजेसम्म बिरामीको सेवामा खटिनुभयो”, उनले भने, “यहाँको स्वास्थ्य सेवाका सवालमा राज्यले ध्यान दिनुपर्ने विषयमा समेत चासो राख्नुभयो ।” औषधि बोकेर दोधारा चाँदनी पुग्नुभएका डा। केसीलाई अस्पतालले आवश्यक सहयोग र समन्वय गरिरहेको छ ।

“हामीसित भएको निःशुल्क औषधि पनि जाँचपछि दिइरहेका छौँ”, बस्नेतले भने, “पछिल्लो समय यो अस्पतालको स्तरोन्नति भएपछि सामान्य शल्यक्रिया यहाँ हुन थालेका छन् ।” दोधारा चाँदनी झोलुङ्गे पुल बनेपछि मूलधारसित जोडिएको सो क्षेत्रमा चार लेनको पक्की पुल बन्नाका साथै सुक्खा बन्दरगाहको प्रस्ताव अघि बढेर भौतिक क्षेत्रको विकास भए पनि स्वास्थ्य सेवाका लागि दोधारा चाँदनीवासीले अझै भारतीय बजार धाउनुपर्ने बाध्यता छ ।

ताजा समाचार

सम्बन्धित समाचार