Saturday, July 27, 2024

गौरा पर्वकालागि कञ्चनपुरका सबै पालिकाहरुले दिए भदौं २१ मा सार्वजनिक बिदा

प्रकाशित:

महेन्द्रनगर । गौरा पर्वका लागि भदौ २१ गते सुदूरपश्चिमका अधिकांश स्थानिय तह (पालिका)हरुले सार्वजनिक बिदा दिएका छन् । कञ्चनपुरका सबै स्थानिय तहहरुले गौरा पर्वका लागि भदौ २१ गते बिदा दिएका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

यस वर्ष गौरा पर्व दुई भागमा बाडिएर मनाइदै छ । केहिले नेपाल पञ्चांग समितिको निर्णय अनुसार भदै ७ गते गौरा मनाए भने केहि अब भदौ २१ गते मनाउन गइरहेका छन् । गौरा पर्वका लागि नेपाल सरकारले नेपाल पञ्चांगको निर्णयलाई आधिकारिकता दिदै भदौं ७ मा बिदा दिएको थियो ।

भदौ २१ गते मनाउन गईरहेको गौरा पर्वका लागि विभिन्न पालिकाहरुले स्थानिय बिदा दिइरहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार