महेन्द्रनगर । कञ्चननपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ मा बृहत विसरती मेला लाग्ने भएको छ । यहि भदौ २० गते बृहत रुपमा लाग्ने विसरती मेला हरेक वर्ष भदौ २० गतेनै बनाउने गरेको हो ।

वि स २०३४ साल देखी बिसरती मेला निरन्तर लाग्ने गरेको छ । भाद्र २० गते भीमदत्त नगरपालिका वडा नम्बर १० तिल्केनीमा अवस्थित दुर्गादेबी मन्दिरबाट पूजा सुरु भई भीमदत्त नगरपालिकाको वडा नम्बर ८ मा रहेको त्रिभुवन मा वी को प्राङ्गणमा भव्य मेलाको आयोजना गरिने मेला व्यवस्थापन समिति संयोजकनारायण मिश्रले जानकारी दिएका छन् ।

२०३४ सालमा बझाङको दुर्गाथलीबाट केही परिवारहरु कञ्चनपुरको तिल्केनीमा बसोबास गर्न आएपछि उतैको दुर्गादेबीको मन्दिर यता स्थापना गरी आफनो परम्परा अनुसार मेलाको आयोजना भएको हुँदाभदौ २० गते बिहान पूजाआजा गरिने र राती देउडा खेल खेलिने भीमदत्त नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मदनराज मिश्रले जानकारी दिए ।

मेलामा जिल्ला बाहिर बाट समेत सहभागी हुने गरेका छन् । मेलामा सहभागी देउडियाहरुलाइ सम्मान समेत गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर जप्रेल ले बताए। सुरक्षाको व्यवस्था राती चाहिने सडक विजुली बत्ती स्वयमसेवक तथा मेला हेर्ने टाढा –टाढा बाट आउने पाहुनाहरुलाई खानाको व्यावस्था समेत वडाले गर्ने भीमदत्त नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मदन मिश्रले बताए । मेलालाई सभ्य र भव्य बनाउनमा सबै जिल्लावासीलाई अनुरोधका साथै मेलामा सहभागी भै दिन आग्रह गरेका छन् ।