Saturday, July 27, 2024

कैलालीका पाध्याले ५ महिना १७ दिन लगाएर नेपालका ७७ जिल्लामै पैदलयात्रा सम्पन्न गरे

प्रकाशित:

महेन्द्रनगर । सुन्दर सुदूरपश्चिमको धार्मीक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारको लागी नेपालको ७७ वटै जिल्लामा पैदलयात्रा गर्ने पैदल यात्री देबराज पाध्या आज (आईतबार) कञ्चनपुर पुगेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

१ सय ६३ दिन अथवा पाँच महिना १७ दिनको समयावधी लगाएर ७७ वटै जिल्ला पैदल यात्रा गरी पुग्न सफल भएका पाध्याले सुदुरपश्चििमको डडेल्धुरा जिल्लाबाट पैदलयात्राको सुरुवात गरेकोे बताए ।३८ वर्षिय पाध्या कैलालीकाने गौरीगंगा नगरपालिका–४ मा बसोबास गर्दै आएका छन् । उनको जन्मघर भने बाजुरा जिल्लाको बुढिगङ्गा नगरपालिका–१ हो ।

कृषी पेशा अंगाल्दै आएका पाध्याले सुदुरपश्चिम पर्यटकयि उद्धगम स्थल भएकोले सुदुरपश्चिमलाई नेपालभर चिनाउनको लागि साथमा नेपालको चन्द्र र सुर्य अङकीत झन्डा पहराउदै सुदुरपश्चिमका ९ वटै जिल्लामा रहेका प्रशिद्ध धार्मीक स्थल बडिमालिका धाम, कर्णाली पुल, अछाममा रहेको बैजनाथ धाम, डोटमिा रहेको शैलेश्वरी मन्दिर, बझाङको सैपाल हिमाल, दार्चुलाको अपि हिमाल, बैतडीको त्रिपुरा सुन्दरी मन्दिर, र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तस्वीर साथमा बोकेर पुर्व ताप्लेजुङ पु्ग्दै मेची झरेर तराईका जिल्लामा पुगेको पाध्याले भनाई रहेको छ ।

१ सय ७३ दिन लगाएर ७७ वटै जिल्लाको पैदलयात्रा गरेर पुर्व मेचिदेखी पश्चिम महाकाली पुगेका पाध्याले पैदल यात्रा गर्ने क्रममा बाटो बाटोमा बास बस्नुपर्ने र खानाको बन्दोबस्त मिलाउनु पर्ने भएको हुँदा उक्त यात्राभर ७० हजार खर्च भएको उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार